बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

कैलालीमा ब्राउन सुगरसहित एक जना पक्राउ

कैलाली - कैलालीमा लागुऔषध ब्राउन सुगर र नगदसहित एक व्यक्ति पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय लम्कीबाट खटेको प्रहरी टोलीले लम्कीचुहा नगरपालिका–८ का ३९ वर्षीय गोपी ओखेडालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो । 

लागुऔषधको कारोबार भइरहेकाे गोप्य सूचनाका आधारमा प्रहरीले रितपूर्वक उनको घर, पसल खानतलासी गरेको थियो । त्यहाँबाट तीन ग्राम ३६० मिलिग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । 

प्रहरीले उनको साथबाट नगद ५० हजार ५३० रुपैयाँ, विभिन्न कम्पनीका पाँच थान मोबाइन, विभिन्न कम्पनीका पाँच थान घडी, एक थान डिजिटल तराजु र एक थान कैचीसमेत बरामद गरेको छ ।

पक्राउ परेका उनीविरुद्ध मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।