चन्द नेतृत्वको नेकपाले गर्याे नेपाल बन्दको आह्वान

काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाले माघ १० गते नेपाल बन्दको आह्वान गरेको छ । पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले पक्राउ गरेपछि चन्द नेतृत्वको नेकपाले नेपाल बन्दको आह्वान गरेको हो ।
चन्दले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । माघ ३ गतेदेखि १० गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । माघ ३, ५,७ र ९ गते देशभर विरोध जुलुस गर्ने र माघ १० गते नेपाल बन्द गर्ने चन्दद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
चन्द नेतृत्वको नेकपाका सचिवालय सदस्य बाँस्तोलाई प्रहरीले बुधबार सिन्धुपाल्चोक र ललितपुरको सिमानाबाट पक्राउ गरेको थियो । उनीसहित अन्य तीन जनलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन…

कृषिउपजको उचित मूल्य र बजार पाउनुपर्नेमा जोड

‘विकाससँग सांसद जोडिनुपर्छ’

नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक

रवीन्द्र मिश्र र प्रसाईलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

प्रतिक्रिया