मिन्छामा राईसँग गायक राजेश पायल राईले गाए ‘सायारेम’

नयाँ प्रतिभाशाली कलाकारहरुलाई मौका दिने क्रममा गायक राजेश पायल राईले भ्वाइस अफ किड्स प्रतियोगिताको फाइनलसम्म पुगेकी अर्की प्रतिभाशाली गायिका मिन्छामा राईसँगको युगल गीत ‘सायारेम’ को स्टुडियो भिडियो सहित सार्वजनिक गरेका छन्। पछिल्ला गीतजस्तै यो गीतलाई पनि दर्शक -श्रोताहरुले औधि मनपराईरहेको सामाजिक संजाल तथा युट्युबको भ्युजले देखाएको छ।
राजेश पायल राईको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीत नेपालसंगै कतारमा समेत ट्रेन्डिङ्गमा रहेको छ । नेपालमा ‘सायारेम’ संगै पेमा देचेन तामाङसँगको सै हँमा र रुक्सना लिम्बु सँगको "चोरी भो " गीतपनि युट्युब ट्रेन्डीङ्गमा रहिरहेको छ।
यो आफैमा एउटा उपलब्धि हो ट्रेन्डीङ्ग र भ्युज भन्दा पनि सदाबहार गीत संगीतले श्रोता - दर्शकहरुको माया पाइराख्नेछ भन्ने कुरामा आफु बिस्वस्त रहेको र राम्रा गीत संगीत संगै नयाँ प्रतिभाहरुलाई समेत अवसर दिईराख्ने गायक राजेश पायल राई बताउंँछन। राजन मुकरुङ्गको शब्द तथा संगीत रहेको गीतमा रहेको सायारेम शब्द गीत सँगै अहिले लोकप्रिय हुँदैछ मुन्दूमि शब्दबाट सापटी लिईएको सायारेमको अर्थ बल शक्ति मिलोस, आशीर्वाद मिलोस, शिर उच्च होस भन्ने रहेको छ। स्टुडियो भिडियो नै भएपनि शब्द-संगीत र स्वरको त्रिवेणीले उत्कृस्ट बनेको छ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया