दक्षिणपूर्वी नाइजेरियामा चार प्रहरीको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी नाइजेरियामा संदिग्ध पृथकतावादीहरूले गरेको दुई छुट्टाछुट्टै आक्रमणमा चार प्रहरीको मृत्यु भएको प्रहरीले मङ्गलबार जनाएको छ।
आइतबारको पहिलो घटनामा, बन्दुकधारीहरूले इमो राज्यको इसु प्रहरी चौकीमा बम विस्फोट गराए जसमा दुई प्रहरी अधिकारीको मृत्यु भएको र एक जना सामान्य घाइते भएको राज्यका प्रहरी प्रवक्ता माइकल अबाटमले बताएका छन् ।
"बियाफ्रा पूर्वी सुरक्षा नेटवर्कको निषेधित आदिवासी जनजातिको सदस्य भएको आशङ्कामा सशस्त्र व्यक्तिहरूले स्टेसनमा पछाडिबाट आक्रमण गरेका थिए। सो घटनामा संलग्न १७ जनालाई पक्राउ गरिएको छ ।
त्यसैगरी एनुगु राज्यका भूमि आयुक्त, चिदी आरोहका दुई प्रहरी एम्बुसमा मारिएको अनाम्ब्रा राज्यका प्रहरी प्रवक्ता तोचुकु इकेंगाले एएफपीलाई जनाएका छन् । रासस

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

पाकिस्तान र इरानबाट एकै दिन सात हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

प्रतिक्रिया