रुसी कदमको राष्ट्रसंघद्वारा निन्दा, अमेरिकाले भन्यो– ‘बकबास’

न्युयोर्क- बिखन्डनकारीको नियन्त्रणमा रहेका पूर्वी युक्रेनका दुई राज्यलाई मान्यता दिने रुसी कदमको राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले निन्दा गरेका छन् । रुसी कदमले किभको सार्वभौमसत्तामाथि उल्लंघन गरेको गुटेरेसले बताएका छन् ।
‘महासचिवले रुसी संघको निर्णयलाई युक्रेनको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको उल्लंघन राष्ट्र संघको बडापत्रका सिद्धान्तहरूसँग असंगत भएको मान्नुहुन्छ,’ महासचिवका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
रुसी कदमको अमेरिकाले बकबास भन्दै त्यसको निन्दा गरेको छ । ‘रुसले पूर्वी युक्रेनमा शान्ति स्थापनाको अभियान भनेको ‘बकबास’ हो । मस्कोले विखण्डित क्षेत्रहरूलाई स्वतन्त्र रूपमा मान्यता दिनु युद्ध बहानाको एउटा अंश हो,’ राष्ट्रसंघका लागि अमेरिकी दूत लिन्डा थोमस–ग्रीनफिल्डले भनेकी छिन् ।

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

पाकिस्तान र इरानबाट एकै दिन सात हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

प्रतिक्रिया