रूसमाथि प्रतिबन्ध लगाउन युक्रेनको माग
न्युयोर्क - युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रसियामाथि तत्काल प्रतिबन्ध लगाउन माग गरेका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनसँग उनले यस्तो माग गरेका हुन् ।
रुसले युक्रेनको विखन्डनकारीले नियन्त्रणमा लिएको दुई ओटा क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिँदै त्यहाँ ‘शान्ति सेना’ पठाउने घोषणा गरेपछि विदेशमन्त्री कुलेबाले मस्कोमाथि प्रतिबन्ध लगाउनुपर्ने माग गरेका हुन् ।
‘मुख्य विषयः प्रतिबन्ध । उसका गैरकानुनी कामको प्रतिउत्तरमा रुसमाथि कडा प्रतिबन्ध लगाउने आवश्यकतामा जोड दिन्छु,’ उनले ट्विट गरेका छन् । उनी वांसिटन भ्रमणमा जाँदैछन् । यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले रुसमाथि प्रतिबन्ध लगाउने संकेत गरेका थिए ।
रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनको विखन्डनकारीले नियन्त्रणमा लिएको क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि अमेरिकाले युक्रेनमा बाँकी रहेका कूटनीतिज्ञलाई पोल्यान्ड पठाएको छ । सुरक्षाको कारण दर्शाउँदै अमेरिकाले आफ्ना कूटनीतिज्ञलाई पोल्यान्ड पठाएको हो ।
पुटिनको घोषणापछि आफ्ना कूटनीतिज्ञलाई पोल्यान्ड पठाएको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले पुष्टि गरेका छन् । कर्मचारीहरूलाई पहिले नै युक्रेनको राजधानी किभबाट पश्चिमी सहर ल्भिभमा सारिएको उनले बताए । उनीहरुले युक्रेनमा निरन्तर काम गर्ने र आपतकालीन सेवा प्रदान गर्ने ब्लिनकेनले बताए ।

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

पाकिस्तान र इरानबाट एकै दिन सात हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

प्रतिक्रिया