अमेरिकी कूटनीतिज्ञलाई युक्रेनबाट पोल्यान्ड पठाइयो

न्युयोर्क- रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनको विखन्डनकारीले नियन्त्रणमा लिएको क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि अमेरिकाले युक्रेनमा बाँकी रहेका कूटनीतिज्ञलाई पोल्यान्ड पठाएको छ । सुरक्षाको कारण दर्शाउँदै अमेरिकाले आफ्ना कूटनीतिज्ञलाई पोल्यान्ड पठाएको हो ।
पुटिनको घोषणापछि आफ्ना कूटनीतिज्ञलाई पोल्यान्ड पठाएको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले पुष्टि गरेका छन् । कर्मचारीहरूलाई पहिले नै युक्रेनको राजधानी किभबाट पश्चिमी सहर ल्भिभमा सारिएको उनले बताए । उनीहरुले युक्रेनमा निरन्तर काम गर्ने र आपतकालीन सेवा प्रदान गर्ने ब्लिनकेनले बताए । एजेन्सी

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

पाकिस्तान र इरानबाट एकै दिन सात हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

प्रतिक्रिया