लमजुङमा पुनः भूकम्पको धक्का

लमजुङ - लमजुङमा पुनः भूकम्प गएको छ । गए राति २ बजेर २२ मिनेट जाँदा बेँसीसहर नगरपालिका–१० बाँझखेत केन्द्रविन्दु बनाएर तीन दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
अनुसन्धान केन्द्रका अनुसार लमजुङ भूकम्पको जोखिम रहेको र यहाँ भूकम्प जाने क्रम चलिरहनेछ । गए राति भूकम्प जाँदा अधिकांश मानिस निद्रामा भएका बेला भूकम्पले उठाएको थियो ।
भूकम्पको धक्का जिल्लाभरिका स्थानीयवासीले महसुस गरेको बताइएको छ । जिल्लामा यसअघि गत माघ २३ गते दोर्दी गाउँपालिका–८ बन्सार केन्द्रविन्दु तीन दशमलव दुई रेक्टर स्केलकै भूकम्प गएको थियो ।
त्यस्तै माघ १३ गते क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर दुई दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको थियो । जिल्लामा गत जेठ ५ गतेयता महिनैपिच्छे भूकम्पको धक्का महसुस हुने गरेको छ । जेठयता हालसम्म गएको भूकम्पले कुनै मानवीय तथा भौतिक क्षति नगरे पनि जेठ ५ गते आएको भूकम्पले भने मानवीयदेखि भौतिक क्षति पुर्याएको थियो ।

लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार

कानेपोखरी दुर्घटनाका घाईते प्रहरी हवल्दारको मृत्यु

बाख्रा खोल्ने क्रममा चट्याङग लागेर वृद्धको मृत्यु

मोटरसाइकलले ठक्करबाट पैदलयात्रीको मृत्यु

आजको मौसम पूर्वानुमान: कोशी, मधेस, बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षा…

केमिकल हालेको आँप हो कि होइन कसरी चिन्ने ?
हार्ड रक क्याफे काठमाडौँले ५४ औं जन्मोत्सवमा गर्यो छोयला बर्गर लन्च

प्रतिक्रिया