यी काम गर्दै हुनुहुन्छ ? बन्द गर्ला युट्यबले तपाईँको च्यानल
काठमाडौँ- भिडियो प्लेटफर्म युट्युब विश्वमा सर्वाधिक हेरिने साइट मध्य एक हो । प्रयोगकर्ताले यसमा भिडियो राखे बापत अर्थोपार्जनसमेत गर्न सक्ने हुँदा धेरैले यसमा भिडियो राख्ने गरेका छन् । नेपालमा पनि धेरैले युट्युबलाई आफ्नो जिविकोपार्जनको रूपमा प्रयोग गर्ने गरेको पाइन्छ ।
आफ्नो च्यानलमा भिडियो भाइरल बनाउनको लागि विभिन्न थमनेल राखेर गलत सामाग्री समेत बेच्ने गरेको पाइन्छ । यसमा भने भिडियो हेर्ने मानिसले सहि र गलत के हो भनेर छुट्याउन सक्नुपर्छ । यस लेखमार्फत भने युट्युबमा भिडियो राख्दा के-कस्ता नियमहरू पालना गर्नुपर्छ भन्ने जानकारी दिइएको छ । गाइडलाइन पालना नगर्दा कतिपय युट्युबले च्यानल बन्द गर्ने गरेको छ ।
युटयुबमा कस्ता भिडियो राख्न पाइने र कस्ता भिडियो राख्न नपाइने तथा मनिटाइजका नियम के कस्ता छन् आदिबारे जानकारी राख्नु निकै जरुरी हुन्छ । कुनै पनि युट्युब च्यानलमा के कस्ता भिडियो तथा गतिविधिले गर्दा च्यानलमाथि प्रतिलिपि अधिकारको आरोप लाग्न सक्छ र च्यानल नै ब्लक हुन सक्छ भन्ने विभिन्न नीति नियमहरु युट्युबले बनाएको छ ।
यदि युट्युबमा राखेका कुनै पनि सामाग्रीले युट्युबको कम्युनिटी गाइडलाइन उल्लङ्घन गरेको खण्डमा युट्युबले स्ट्राइक लगाउने गरेको छ । च्यानल पटक-पटक स्ट्राइक आउँदा यसले विभिन्न फिचरहरू बन्द गर्दै अन्त्यमा च्यानल नै बन्द गर्छ ।
यस्ता कुराले बन्द हुन्छ च्यानल
- कुनै पनि प्रकारको कन्टेन्टमा कम्युनिटी गाइडलाइन वा युट्युबका शर्तहरू पटक-पटक उल्लंघन गरेमा (उदाहरणका लागि घृणा फैलाउने, नराम्रो व्यवहार गर्ने वा उत्पीडन गर्ने प्रकारका भिडियो वा कमेन्टहरू पटकपटक पोस्ट गर्दा) बन्द गर्छ ।
- बाल शोषण, स्पाम वा यौनजन्य व्यवहारसँग सम्बन्धित कुनै गम्भीर विषयमा सामाग्री राखेमा पनि बन्द गर्छ ।
- कुनै पनि नीति वा नियम उल्लंघन गरेर चलाइएको च्यानल भएमा पनि यसले बन्द गर्छ ।
- भिडियोमा सम्बन्धित सर्जकको प्रतिलिपि रहेको सामाग्री प्रतिलिपि अधिकार नलिई पोस्ट गरेमा वा यस्तो पाइएमा युट्युबले उक्त सामाग्री प्रयोग गरेको आरोपमा च्यानल नै बन्द गर्छ ।
- युट्युबमा कस्तो व्यवहार गर्नुपर्छ भन्नका लागि कम्युनिटी गाइडलाइन बनाइएको छ । यदि कुनै सामाग्रीले कम्युनिटी गाइडलाइन उल्लंघन गरेको पाइएमा च्यानलविरुद्ध ‘स्ट्राइक’ गरिन्छ ।
- यसबाहेक अपलोड गरिएको सामाग्री कम्युनिटी गाइडलाइन उल्लंघन बाहेक अन्य कारणले पनि हटाइन सक्छ । यसमा अदालतको आदेश, व्यक्तिगत गोपनियता आदि पर्दछन् जुन सामाग्री राख्दा स्टाइक नगरी शुरुमै हटाइन्छ ।
- यसरी विभिन्न कारणले गरिने स्ट्राइक एउटै च्यानलले ९० दिनभित्र ३ पटक पायो भने त्यसपछि कम्पनीले उक्त च्यानल नै ब्लक गरिदिन्छ ।

'इनफिनिक्स हट सिक्स्टी आइ' बबाल फोन आयो!

दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने

'होनर एक्ससिक्ससी' धमाकेदार रूपमा नेपालमा सार्वजनिक, खरिदमा रु ४,००० बराबरक…

टिकटक बन्यो शार्क ट्यांक नेपालको आधिकारिक मनोरञ्जन पार्टनर

क्लासिक टेकको १६ औ वर्षामा प्रवेश, अफर जति मा चाहियो, त्यतिमै पाइयो !

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्यो जानकारीमूलक गाइड

इनफिनिक्सले जीटि ३० प्रो ल्यायो

प्रतिक्रिया