आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपालको अधिवेशन चैत दोस्रो साता

काठमाडौँ - प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपालको अधिवेशन आगामी चैत दोस्रो साता काठमाडौँमा हुने भएको छ । सङ्घको केन्द्रीय समितिको बैठकले चैत ११ र १२ गते सो  अधिवेशन गर्ने निर्णय गरेको हो । 

सङ्घका सचिव डा विष्णु पोखरेलका अनुसार चैत ५ गतेभित्र महाधिवेशन प्रतिनिधि, एकाइ समितिको नामावली, साधारण सदस्यको नामावली र शुल्कसमेत केन्द्रीय कार्यालयमा पठाउनुपर्ने निर्णय गरेको छ ।