डब्लूएचओको नक्सामा भारतको आपत्ति, आफ्ना तीन भू-भाग छुटाउँदा नेपाल मौन
काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जारी गरेको नक्सामा आफ्ना भू-भाग अलग्गिएको भन्दै भारतले आपत्ति जनाएको छ । भारत सरकारले यसमा कडा आपत्ति जनाउँदै डब्लूएचओ प्रमुख ट्रेडोस एडहानमलाई पत्र नै पठाएको छ ।
हिन्दूस्तान टाइम्सका अनुसार भारतले आफ्नो गलत नक्सालाई तत्काल सुधार गर्नका लागि पत्राचार गरेको छ । भारतले पत्र पठाएको यो तेस्रो पत्र हो । डब्लुएचओले गत डिसेम्बरमा पनि पत्र पठाएको थियो । गत साता भारतको स्थायी प्रतिनिधी इन्द्रमणी पाण्डेयले संयुक्त राष्ट्र संगठनमा डब्लूएचओका प्रमुखलाई यसबारेमा जानकारी गराएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।
डब्लुएचओको वेबसाइटमा राखिएको विश्वमानचित्रमा भारतले आपत्ति जनाएको हो ।
डब्लुएचओको म्यापमा जम्मू, कश्मीर तथा लद्दाखलाई भारतको भुभागबाट अलग राखिएको छ । यसबाहेक पाकिस्तान, चीन र भारतबीच विवाद भएको ५ हजार १ सय ६८ वर्ग किलोमिटरमा फैलिएको सक्सगाम घाटीलाई भारतबाट अलग देखाएकोमा उसले आपत्ति जनाएको हो ।
गत अगस्टमा प्रधानमन्त्री इमरान खानले छिमेकी भारतसँगका विवादित क्षेत्रहरू समेट्दै पाकिस्तानको नयाँ राजनीतिक नक्सा जारी गरेका थिए । नक्सामा हाल भारत प्रशासित जम्मू र कश्मीर क्षेत्र पाकिस्तानको भूभागमा समेटिएको थियो ।
नेपाल मौन
डब्लूएचओले सार्वजनिक गरेको विश्वमानचित्रमा नेपालको नक्सा समेत गलत ढंगले प्रस्तुत भएको छ । नेपाल सरकारले आधिकारिक रुपमा यस विषयमा आपत्ति जनाएको छैन ।
गत साउनमा सरकारले आफ्नो अद्यावधिक नक्सा अन्तर्राष्ट्रिय जगतलाई पठाउने तयारी गरेपनि हालसम्म त्यो हुन सकेको छैन । गत साउनमा तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले अन्तर्राष्ट्रिय जगतमा पठाउनका लागि ४ हजार प्रति नक्सा छपाइ भइरहेको जानकारी दिएका थिइन् ।
सरकारले जेठ ७ गते कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहित भूभाग समेटी नयाँ नक्सा औपचारिक रूपमा सार्वजनिक गरेको थियो। जेठ २ गते राष्ट्रपतिले सरकारको वार्षिक नीति तथा कार्यक्रममा सार्वजनिक गर्दै अतिक्रमित कालापानी, लिपुलेक तथा लिम्पियाधुरासमेत समेटेर नयाँ नक्सा जारी गर्ने प्रतिबद्धता जनाएकी थिइन् । संसद्ले निशान छापमा नेपालको नयाँ नक्साको आकृति राख्न दर्ता गरिएको विधेयक पारित गरेको थियो ।
२०७६ कात्तिक १८ मा भारतले नेपालको भूभाग समेटेर नक्सा सार्वजनिक गरेपछि नेपालमा त्यसको व्यापक विरोध भएको थियो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया