कृषिमन्त्री यादवद्वारा एक सय दिनको काम सार्वजनिक
काठमाडाैँ – कृषि तथा पशुपन्छि विकास मन्त्री महिन्द्रराय यादवले एक सय दिनको काम सार्वजनिक गरेका छन् । सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै कृषि मन्त्री भएर एक सय दिनमा कृषि क्षेत्रमा गरेका कामको बारेमा जानकारी गराएका हुन् ।
एक सय दिनको काम सार्वजनिक कार्यक्रममा बोल्दै कृषि मन्त्री यादवले मन्त्री भएको एक सय दिनमा अघिल्लो सरकारको तुलनामा राम्रो काम गरेको बताए । उनले किसानले बाली लगाउने बेलामा बीउको समस्या समाधान गर्ने काम गरेको बताए ।
मन्त्री यादवले किसानले गहुँ लगाउने समयमा ५ सय क्विन्टल बीउ नपाएको अवस्थामा सरकारले समयमा नै बीउ उपलब्ध गराउने काम गरेको बताए । उनले धानको उत्पादन र उत्पादन क्षेत्र वृद्धि गर्नु सरकारको दायित्व भएकाले त्यसको लागि काम गरिरहेको जानकारी दिए।
नयाँ सरकार गठनपछि मल खोज्ने किसानलाई खाली हात नपठाइएको दाबी गरे । उनले सरकारसँग अहिले पनि गोदाममा मल मौज्दात रहेको जानकारी दिए ।
उनले अब सरकारले किसानको बैंक खाता तथा हात–हातमा अनुदान रकम पुर्याउने प्रक्रिया थालनी गरेको बताए । सरकारले किसानलाई कृषि अनुदान दिँदा अख्तियार तथा मुद्दा लाग्ने गरेकाले अनुदान रोकिएकाले किसानलाई सहुलियत दिने तयारी सरकारले गरेको बताए।
मन्त्री यादवले भने,‘अघिल्लो सरकारले भन्दा यो सरकारले कृषिक्षेत्रका राम्रो प्रगति गरेको छ । कृषि बीउविजन समयमा नै उपलब्ध गराएको छ । किसानले गहुँको ५ सय क्विन्टल बीउ किसानले लिन नकिरहेका थिएनन् । पछि सरकारले त्यसको व्यवस्था गरेको छ । अन्य क्षेत्रमा नीजि क्षेत्रसँग सहकार्य गरेर काम गरिरहेका छौँ । धानको उत्पादन गर्ने, उत्पादन क्षेत्र वृद्धि गर्ने सरकारको दायित्व हो । यसलाई समय सापेक्ष नीतिगत हिसाबमा समयमा नै सरकारले मल खादको जति राजनीतिकरण गरेर भ्रम कुरा गरेको थियो । तर अहिले पनि सरकारसँग ३ देखि ४ हजार मेटिकटन मल गोदाममा रहेको छ । तर किसानले माग जति प्राप्त मात्रै छैन । तर किसानलाई सरकारले खाली हात पठाएको छैन । मलमा आउने अनुदान कम गदै जाने र जुन किसानले काम गरेको छ त्यही किसानको खाता र हातमा अनुदान पुर्याउने काम गर्ने छ । बीचमा किसानको हातमा पुग्ने गरेको थिएन । अब कसरी पुर्याउने भन्ने गम्भीर छलफलमा छौँ । अहिले सरकारले कृषिमा धेरै अनुदानहरु रोकेका छौँ । धेरै अनुदानहरु अख्तियारमा पुग्छ । धेरै मुुद्दा लाग्ने गरेको छ । त्यसैले अनुदान भन्दा पनि किसानलाई सहुलियत रुपमा कृषि सामाग्रीहरु उपलब्ध गराउने योजनामा छौँ । समय सापेक्ष अनुसार नीतिहरु परिमार्जण गदै सरकार अगाडि बढ्छ । मन्त्रालयले नयाँ नयाँ काम गदै जाने छ ।’
कृषि मन्त्रीले एक सय दिनमा नीतिगत तथा कानूनी व्यवस्था, बाली/बस्तुको (धान,उखु, कफी,कच्चा दुध)को मूल्य निर्धारण गरेको उल्लेख गरे । त्यस्तै, बेमौसमी वर्षा प्रभावित कृषकहरुलाई राहत समन्वय,रासायनिक मल आयात र बिक्री सहजिकरण ,गुणस्तर नियमन, नयाँ जोन र पकेट स्थापना लगायतका काम गरेको जानकारी दिए ।

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया