नेपाल एयरलाइन्सले मुम्बई–काठमाडौँ उडान कहिले सुरु गर्छ? इन्डिगोले मार्च २ बाट गर्ने
काठमाडौँ- कोभिड–१९ महामारीका कारण स्थगित रहेको भारतको मुम्बईबाट काठमाडौँ गन्तव्यमा सिधा हवाई उडान पुनः सञ्चालनमा आउने भएको छ । कोभिड सङ्क्रमणदर घटेसँगै मुम्बई–काठमाडौँ उडान सञ्चालन हुन लागेको हो ।
भारतको निजी क्षेत्रको वायुसेवा प्रदायक इन्डिगो एयरले फागुन १८ (मार्च २) देखि मुम्बईबाट काठमाडौँ उडान गर्ने गरी मिति तोकेको छ । कम्पनीले सातामा तीन दिन आइतबार, बुधबार र शुक्रबार उडान गर्नेछ । उक्त कम्पनीले हालै दिल्ली–काठमाडौँ रुटमा दैनिक एक उडान सञ्चालन गरिरहेको छ ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पनि काठमाडौँ–मुम्बई रुटमा छिट्टै पुनः उडान सञ्चालन गर्ने तयारी गरेको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले काठमाडौँ–मुम्बई गन्तव्यमा उडान सञ्चालनका लागि तयारी अवस्थामा रहेको जानकारी दिए । “इन्डिगो एयरले उडान पुनः सञ्चालन गर्ने भएछ, हामी (नेपाल एयरलाइन्स)ले पनि यो गन्तव्यमा उडानका लागि हाम्रोतर्फबाट सबै तयारी गरेका छौँ, भारतीय पक्षले उडान अनुमति दिनासाथ पुनः उडान सञ्चालन गर्नेछाँै ।” उनले भने।
मुम्बई गन्तव्यमा कोभिड महामारीपूर्व नेपाल एयरलाइन्सले नियमित उडान गरिरहेको थियो । कोभिडको तेस्रो लहर सुरु हुनुअगावै उडानको तयारी गरिएको भए पनि महामारीका कारण उडान योजना स्थगित भएको थियो । महामारीकै अवधिमा एयर बबल सम्झौताअनुरूप नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स र भारतको राष्ट्रिय ध्वजावाहक एयर इन्डियाले नियमित उडान सञ्चालन गर्दै आएका थिए ।
नेपाल एयरलाइन्सले भारतका तीन गन्तव्य नयाँदिल्ली, मुम्बई र बेङ्लोरमा सिधा उडान गर्दै आए भए पनि कोभिड महामारीका कारण दुई वर्षदेखि मुम्बई र बेङ्गलोर गन्तव्यमा उडान गर्न पाएको छैन । नेपाल एयरलाइन्सले भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया