म्याद गुज्रेका सामग्री धुलो बनाएर पुनः बिक्री
काठमाडौं–प्रहरीले ललितपुरको सुनाकोठीस्थित पाउरोटी र कुकिज बनाएर बेच्ने स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनीमा छापा मारेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मारेको छापाबाट म्याद गुज्रिएर सडेगलेको सामग्री बरामद गरेको छ।
कम्पनीले बजारबाट म्याद गुज्रीरहेका पाउरोटी र कुकिजलाई उठाउने र त्यसैको धुलो बनाएर पुन कुकिज, टोस्ट तथा बिस्कुट बनाएर बिक्री वितरण गरेको आरोपमा प्रहरीले छापा मारेको हो । प्रहरीले छापा मार्ने क्रममा सन् २०१९ मै मिति गुज्रेको कुकिजलाईसमेत धुलो बनाएर पुनः कुकिज बनाएको प्रहरीले फेला पारेको छ ।
अत्यधिक सडे गलेका पाउरोटी समेत सुकाएर पुनः कुकिज बनाएको भेटिएको र सवै बस्तुलाई नष्ट गरिएको महाशाखाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए । उनले १२० बोरा म्याद गुज्रीएका पाउरोटी र कुकिज फेला पारेको बताए।
गत ३० माघमा नक्कली मह बेच्ने आरोपमा पक्राउ परेका नरबहादुर श्रेष्ठले नै यो कम्पनी पनि सञ्चालन गर्दै आएको खुलेको छ । प्रहरीकाअनुसार श्रेष्ठले संचालन गरेको स्पर्श फुडसहित श्रीतारा फुड्स एण्ड प्याकेजिङ प्रालिले दुवै खाद्य तथा गुण नियन्त्रण विभागबाट अनुमति लिएका छैनन् । यी दुवै कम्पनीमा खाद्य तथा गुण नियन्त्रण विभागले सिल गरेको छ ।

कजारियाको नयाँ शोरूम भैंसेपाटी, ललितपुरमा उद्घाटन

वीरगञ्ज नाका : पाँच खर्ब ६ अर्ब आयात र ७९ अर्ब निर्यात

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

क्यालगरीमा सगरमाथा दिवस विशेष कार्यक्रम गरि मनाइयो

राष्ट्रिय गौरवको सुनकोशी-मरिण ड्राइभर्सन आयोजनाको अवस्था (तस्वीरहरू)

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

बजेट सकारात्मक : निकासी पैठारी संघ

प्रतिक्रिया