विकासमा दत्तचित भएर लाग्छु : मुख्यमन्त्री राई

विराटनगर- प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको विकासमा दत्तचित भएर लाग्ने बताएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सभाहलमा आज आयोजित ‘प्रदेश नं १ को आर्थिक रूपान्तरणका सम्भावित क्षेत्रहरू’ कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस प्रदेशमा अनेक सम्भावनाहरू छन् ती सबैलाई एकै पटक कार्यान्वयनमा ल्याउन पूँजीगत खर्चको अभाव रहेको प्रस्ट पार्दै राष्ट्रियताको रक्षा र समृद्धिको यात्रा पूरा गर्न विकास गर्नुको विकल्प नरहेको बताए।
उनले अब मुलुकमा राजनीतिक क्रान्ति समाप्त भई आर्थिक क्रान्तिको समय आएको बताउँदै भारत र चीनको प्रगतिलाई नेपालले पछ्याउनुपर्ने धारणा राखे।
मुख्यमन्त्री राईले हाम्रा जनशक्ति विदेश जाने र हामी विदेशी उत्पादनमा निर्भर रहनु पर्दा हाम्रो उत्पादन ठप्प हुने र बेरोजगार समस्या बढ्ने तर्क गर्दै स्वाभिमान र राष्ट्रियताको रक्षा गर्न दुई ठूला शक्तिको प्रगतिलाई पछ्याउनुपर्ने आवश्यकता औँल्याए। विदेशी वा स्वदेशी लगानीका निम्ति ऐन, कानुन परिमार्जन गर्ने र शान्तिसुरक्षा एवं सुशासनलाई पनि सुधार गर्दै जाने उद्घोष गर्दै मुख्यमन्त्री राईले सबै विज्ञको ज्ञानलाई समेटेर अघि बढ्ने विश्वास व्यक्त गरे।
यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेशमा प्रशस्त रोजगार सिर्जना गर्न प्रदेशको सम्भावित क्षेत्रहरूका विकास हुनुपर्ने बताए। उनले प्रदेशको मुहारलाई परिवर्तन गर्न तथा नेपाली जनताको अनुहारमा हाँसो ल्याउन सरकारले विकासमा तीव्रता दिने धारणा राखे।
कार्यकममा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका प्राध्यापक डा उद्धव पोखरेल, अमेरिकन मिलिट्री युनिभर्सिटी अमेरिकाका प्राध्यापक मोदिनी अधिकारी, प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक डा सरोज कोइराला, नेपाल उद्योग परिसङ्घ, प्रदेश नं १ का अध्यक्ष भीम घिमिरे र नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं १ का अध्यक्ष टीकाराज ढकालले प्रदेशको आर्थिक रुपान्तरणका सम्भावित क्षेत्रहरूका बारेमा आ–आफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए।

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

प्रतिक्रिया