बाँझो जमिन सदुपयोग गर्नेलाई चेम्बरले सहयोग गर्ने

काठमाडौँ - नेपाल चेम्बर अफ कमर्सले बाँझो जमिन उपयोगमार्फत कृषि उत्पादन अभियान सुरु गर्न लागेकाे छ । बजेट भाषणमा सरकारले बाँझो जमिनको उपयोग नीति अघि सारेपनि व्यवहारिक कार्यन्वयन हुन नसकेको भन्दै चेम्बरले खाली जमिनको उपयोगमार्फत कृषि उत्पादन वृद्धि गर्ने अभियान सुरु गर्न लागेको हो ।
यसका लागि चेम्बरका ७७ वटै जिल्ला कार्यसमिति र अन्य सरोकारवाला निकायहरुसंग सहकार्य गर्न लागिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए । उनले भने, ‘कृषि प्रधान मुलुकमा जमिन बाँझो राखेर अहिले पनि वार्षिक २ खर्बभन्दा बढीको आयत गरिरहेका छौं । युवाहरुलाई व्यवसायिक खेतीतर्फ आकर्षित गर्न चेम्बरले आवश्यक सबै समन्वय गर्नेछ, ।’
नेपालको कृषि क्षेत्रमा इजरायली अवधारणा अवलम्वन गर्न नीतिगत व्यवस्थाका लागि सरकारसँग पहल गर्ने पनि चेम्बरले निर्णय गरेको छ । नेपालका लागि इजरायलका राजदूत खनार गोदारसँग चेम्बरले इजरायलको कृषि उत्पादनको मोडलबारे जानकारी समेत लिएको छ । इजरायलमा कृषिमा लाग्ने नागरिकलाई सरकारले १ सय वर्षका लागि जमिन उपलब्ध गराउनुका साथै लगानी र अन्य प्राविधिक सहयोग समेत गरिदिने भएकाले उत्पादनमा अग्रणी बन्न सफल भएको राजदूत गोदारले बताए ।
इजरायलमा १ दशमवल ७ प्रतिशत नागरिक मात्रै कृषिमा संलग्न भए पनि उच्चतम प्रविधिमार्फत मुलुकमा खाद्यन्नमा आत्मर्निभर तथा निर्यात गर्ने देशको हैसियतमा पुगेको राजदुत गोदारले बताए । उनले भने, ‘इजरायलमा कृषि पेसा सौखले गरिएको छैन । कृषकले यसलाई व्यवसाय बनाएका छन् । जिवनको महत्वपूर्ण हिस्सा बनाएका छन् ।’ नेपाल चेम्बर अफ कमर्सले सातै प्रदेशमा कृषि अनुसन्धान तथा समन्वय केन्द्र खोल्न पहल गर्ने भएको छ । इजरायल चेम्बर अफ कमर्ससँग सहकार्य मार्फत सातै प्रदेशमा अनुसन्धान तथा समन्वय केन्द्र खोल्न पहल गर्ने मल्लको भनाइ छ ।

कजारियाको नयाँ शोरूम भैंसेपाटी, ललितपुरमा उद्घाटन

वीरगञ्ज नाका : पाँच खर्ब ६ अर्ब आयात र ७९ अर्ब निर्यात

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

क्यालगरीमा सगरमाथा दिवस विशेष कार्यक्रम गरि मनाइयो

राष्ट्रिय गौरवको सुनकोशी-मरिण ड्राइभर्सन आयोजनाको अवस्था (तस्वीरहरू)

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

बजेट सकारात्मक : निकासी पैठारी संघ

प्रतिक्रिया