माछापुच्छ्रे बैंकको नायव प्रमुख कार्यकारी अधिकृत र नायव महाप्रबन्धक पदमा बढुवा

काठमाडौँ - माछापुच्छ्रे बैंकले हालै बैंकको नायव प्रमुख कार्यकारी अधिकृत पदमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने तथा उप महाप्रबन्धक पदमा प्रसिद्धराज अर्याललाई बढुवा गरेको छ । नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने दुवै जनाले दुई दशक भन्दा बढिको बैंकिङ्ग अनुभव रहेको छ ।
माछापुच्छ्रे बैंकमै लामो समय सम्म उच्च व्यवस्थापन तहमा रही कुशल नेतृत्व, व्यवस्थापकिय दक्षता भएका थापा बहु बैंकिङ्ग ब्यवसाय र न्यौपाने सञ्चालनतथा जोखिम व्यवस्थापनमा अब्बल मानिन्छन् । त्यस्तै नायव महाप्रबन्धक पदमा बढुवा भएका प्रसिद्धराज अर्यालले पनि बैंकिङ्ग क्षेत्रमा करिब दुई दशक जतिको अनुभव संगालेका छन् र अर्यालसंग क्रेडिट व्यवसाय, ट्रेजरी, ब्रान्च अपरेसन, माइक्रो फाइनान्स लगायतका क्षेत्रमा काम गरेको राम्रो अनुभव रहेको छ ।
बैंकको विस्तारित व्यवसाय, स्तरीय सक्षम व्यवस्थापन, कर्मचारीहरुको आकर्षक पारिश्रमिक, सुविधा, काम गर्ने मैत्रिपूर्ण वातावरण लगायतका मुख्य मापदण्डका तत्वहरुले गर्दा माछापुच्छ्रे बैंक बैंकिङ्ग क्षेत्रमा अब्बल, आकर्षक साथै अनुपालन बैंकको रुपमा समेत स्थापित बैंक मानिन्छ ।
बैंकले नेपाल राज्यभर उच्च सेवा सुविधाका साथ हाल १६३ शाखा, ६ एक्स्टेन्सन काउण्टर, २०० एटिएम र १५७ शाखारहित बैंकिङ्ग सुविधा मार्फत सेवा प्रदान गदै आईरहेको छ । १५ सय भन्दा बढी कर्मचारीहरुलाई रोजगारी प्रदान गरिरहेको छ ।

कजारियाको नयाँ शोरूम भैंसेपाटी, ललितपुरमा उद्घाटन

वीरगञ्ज नाका : पाँच खर्ब ६ अर्ब आयात र ७९ अर्ब निर्यात

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

क्यालगरीमा सगरमाथा दिवस विशेष कार्यक्रम गरि मनाइयो

राष्ट्रिय गौरवको सुनकोशी-मरिण ड्राइभर्सन आयोजनाको अवस्था (तस्वीरहरू)

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

बजेट सकारात्मक : निकासी पैठारी संघ

प्रतिक्रिया