चीनमा अलपत्र परेका दुई महिलाको उद्दार

बेइजिङ : चीनमा रोजगारका लागि आएकी एक महिला र म्यारिज भिसामा आएकी अर्की महिला गरी दुई नेपाली महिलाको बेइजिङस्थित नेपाली दूतावासले हालै उद्दार गरेको छ । काभ्रे पलाञ्चोक नमोबुद्ध नगरपालिकाकी २२ वर्षीय तारा तामाङ (नाम परिवर्तन) को चीनको शानतोङ प्रान्तको हच शहरबाट उद्दार गरिएको दूतावासका कूटनीतिक नियोग उपप्रमुख सुशिल कुमार लम्सालले बताए।
उनी यसै वर्षको जनवरीमा चीनमा रोजगारीका लागि आएकी हुन् । उनी थाङ्काकर्मी रहेको बताइएको छ । नेपाली तथा चिनियाँ दलालमार्फत चीन पुगेकी उनी मासु पसलमा काम गर्दै आएकी थिइन्। तापनि उनलाई बिवाहका लागि दवाव दिनुका साथै जबरजस्ती समेत गर्न थालेको उनको भनाइ छ । उनले टिकटकमा नेपाली महिला भेटिएपछि उद्धारका लागि गुहारेकी थिइन् । त्यसपछि यो कुरा दूतावाससम्म पुगेको र आवश्यक कारवाही चलाएको दूतावासले जनाएको छ ।
उद्दारको क्रममा स्थानीय प्रहरीले रेलमार्फत बेइजिङसम्म ल्याइ दूतावासलाई हस्तान्तरण गरेको समेत नियोग उपप्रमुख सुशिल कुमार लम्सालले बताए । उनलाई आजै मात्र बेइजिङ ल्याइपुर्याएको हो । उद्धारका क्रममा स्थानीय निकाय तथा प्रहरीले सहयोग गरेको पनि उनले बताए । उनी अक्टुबर २८ तारिख छोङछिङ हुँदै नेपाल फर्किने भएकी छिन् । उनको उद्धारमा लाग्ने खर्च नेपालको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले व्यहोर्ने पनि लम्सालले बताए ।
यसै गरी गत सेप्टम्बर मात्रै पनि दूतावासले ताप्लेजुङकी २४ वर्षीय रेश्मा लिम्बु (नाम परिवर्तन) को पनि उद्धार गरेको थियो । उनी म्यारिज भिसामा आएकी थिइन । उनले फेसबुकमार्फत् गुहारेपछि उद्दार भएको हो । उनलाई तानतोङबाट उद्दार गरी नेपाल पठाइसकेको दूतावासले जनाएको छ । सो क्रममा तानतोङ शहरीय प्रहरी तथा निकायले सहयोग गरेको पनि लम्सालले बताए ।
पछिल्लो समयमा रोजगारका लागि तथा विवाह गरेर चीनमा आउने नेपाली महिलाहरूको संख्या धेरै छ । यस्ता काममा चिनियाँ तथा नेपाली दलालहरू सक्रिय रहेको दूतावासको भनाइ छ । यस बाहेक म्यारिज भिसामा चीन आइ बिहेवारी गरी बसेका सम्पर्कमा आएका कतिपय नेपाली महिलाहरूको स्थिति राम्रै रहेको पनि दूतावासले जनाएको छ ।
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाउँदै

राजदूत पौडेलद्वारा ओहदाको प्रमाणपत्र पेस

अष्ट्रेलिया नेपाली कम्युनिटीको (अर्बन) अध्यक्षमा इटहरीका अरूणचन्द्र श्रेष्ठ निर्वाच…

भारतीयको रोजाइमा सिन्की, नेपाली हस्तकला र विजयसालका भाँडा

पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु

प्रतिक्रिया