एमसीसीको पक्षमा मत दिन यादव फकाउँदै पौडेल

काठमाडौँ - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गरेका छन् ।
वरिष्ठ नेता पौडेलले सोमबार सिंहदरबारस्थित जनता समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा पुगेर अध्यक्ष यादवसँग भेटवार्ता गरेका हुन् । भेटवार्ता पछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ उनले भेटमा एमसीसी सम्झौताको विषयमा कुराकानी गरेको बताए ।
एमसीसीको समस्या जटिल रुपमा आएको भन्दै उनले भेटवार्ताको क्रममा एमसीसीको कारण देशको अन्तर्राष्ट्रिय सम्बन्ध र नेपालको विकासको भविष्य के हुन्छ भन्ने विषयमा कुराकानी गरिएको उल्लेख गरे ।
एमसीसीको सम्बन्धमा जसपा अध्यक्ष यादवसँग सैद्धान्तिक मतभेद नदेखिएको उनको भनाई छ । अध्यक्ष यादवले फागुन १३ गते पार्टीको बैठक राखेर एमसीसबारे निर्णय लिने बताएको उनले जानकारी दिए ।
वरिष्ठ नेता पौडेलले एमसीसी सम्झौता संसदमा पेश भइसकेको सन्दर्भमा यसको निकासका लागि नेकपा (एमाले), नेकपा(माओवादी केन्द्र) र नेकपा(एकीकृत समाजवादी)का नेताहरुसँग पनि कुरा गर्ने बताए । उनले देशमा संकट नगहिरियोस् भन्नका लागि आफू प्रयत्नशील रहेको बताए ।
उनले एमसीसी परियोजना नेपालको गरिबी अन्त्यका लागि अमेरिकी सरकारले गरेको सहयोग भएको बताए । एमसीसीले विद्युत र सडक मार्फत् नेपालको गरिबी हटाउन मद्दत पुर्याउने उनको भनाई छ ।
एमसीसी सम्झौताको विषय अब सडकबाट नभई संसदमा छलफल हुने उनले बताए । राष्ट्रको ध्यान संसदतर्फ केन्द्रित भएको उनले उल्लेख गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया