कंगनाको ‘मणिकर्निका’को सिक्वेल बन्ने

मुम्बई : चर्चित मुद्दामा आफ्नो राय राख्ने मामलामा कंगना रनावत निकै नै चर्चित छिन् । सहकर्मीलाई व्यंग्य ठोक्ने त छँदैछ, कंगना यो हप्ता ट्रम्पको समर्थनका लागि ट्विटरका कार्यकारी अधिकृतसँग पनि भिड्न पुगेकी थिइन् । यस्तो कुनै दिन हुन्न ंजहाँ कंगना समाचारमा नछाएकी हुन् ।
केही दिनअघि उनले अभिनय गरिरहेको ‘धाकड’ फिल्मको सेटमा केही प्रदर्शनकारीले होहल्ला गरेको खबर थियो । त्यसका बावजुद सुटिङमा कुनै अवरोध नभएको फिल्म युनिटले बताएको थियो । यसैबीच कंगनाको विवादास्पद फिल्म ‘मणिकर्निका’को सिक्वेल बन्ने खबर आएको छ । नयाँ फिल्मको नाम ‘मणिकर्निका रिटन्स ः लिजेन्ड अफ डिडा’ रहने भारतीय अनलाइनमा खबर छ ।
पहिलो फिल्ममा झाँसीकी रानीको कथा समेटिएको थियो । यो फिल्म भने कश्मिरकी रानी डिडाको जीवनीमा केन्द्रित हुनेछ जसको एउटा खुट्टा पोलियोको कारण काम नलाग्ने भएको थियो । त्यसका बावजुद उनले मेहमुद गाजनभीलाई युद्धमा दुईपल्ट हराएकी थिइन् । फिल्मको सुटिङ सन् २०२२ को जनवरीबाट सुरु हुने बताइएको छ

गायिका चौहान ‘साइबर ब्युरो’ गएपछि...

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

प्रतिक्रिया