शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

लमजुङ कारागारका चार कैदीबन्दी रिहा

लमजुङ- लमजुङ कारागारका चारजना कैदी बन्दी रिहा भएका छन् । ७२औं प्रजातन्त्र दिवसको अवसरमा कारागार कार्यालयले उनीहरूलाई बाँकी कैद मिनाह गरेको हो ।

कारागारका जेलर जगदीश मिश्रका अनुसार कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेका दोर्दी गाउँपालिका–६ ढोडेनीकी ४६ वर्षीया खेशकुमारी गुरुङ, कर्तव्य ज्यान मुद्दाकै राइनास नगरपालिका–३ का ३६ वर्षीया सम्झना विक, बहुविवाह मुद्दाका बेंसीसहर नगरपालिका–१० का ३३ वर्षीय सोमबहादुर तामाङ र अवैध वन पैदावार ओसारपसारसम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका बेंसीसहर नगरपालिका–६ का ५० वर्षीय मीनबहादुर तामाङ रिहा भएका हुन् ।