‘विश्वविद्यालयमा तालाबन्दी गरेर समस्या समाधान हुँदैन’

ललितपुर - त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले सो मातहतका क्याम्पसमा तालाबन्दी गरेर समस्या समाधान नहुने बताएका छन् । ज्ञान गोष्ठी संवाद शृङ्खला–६ द्वारा आइतबार आयोजना गरेको ‘विश्वविद्यालयको सङ्कटमोचन’ विषयक कार्यक्रममा उनले राजनीतिक दलका हस्तक्षेपका कारण दिनानुदिन शिक्षामा असर पर्दै गइरहेको बताए ।
'विश्वविद्यालय प्रणालीलाई पुनःनिर्माण गर्नुपर्ने भएको छ,' उनले भने, 'यसको स्वरूप ठूलो भएकाले गुणस्तरीय शिक्षा प्रदान गर्न केही क्याम्पस सार्नुपर्ने देखिन्छ ।' क्याम्पसमा तालाबन्दी वा कुनै अन्य सो क्रियाकलाप हुँदैमा पदाधिकारीले चुप लागेर बस्नु नहुने उनको भनाइ छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा त्रिरत्न मानन्धरले त्रिविलाई तालाबन्दी मुक्त गर्नुपर्ने धारणा राखे । खुला विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राडा राजकुमार पोखरेलले राजनीतिक पार्टीको आडमा शिक्षामाथि आक्रमण गर्न नहुने विचार व्यक्त गरे ।
त्रिवि अन्तरराष्ट्रिय सम्बन्ध विभागका प्रमुख प्राडा खड्क केसीले दल वा सोका नेता तथा सङ्गठनमा लागेका व्यक्ति मात्रै माथि बढ्ने परम्परा हाबि हुँदै जाँदा योग्य व्यक्ति पछि पर्दै गइरहेका गुनासो गरे। सो विश्वविद्यालयअन्तर्गतका आंशिक प्राध्यापक राजेन्द्र आचार्यले समान कामको समान ज्याला भन्ने नारालाई आत्मसात् गर्दै आफूहरू सो प्राप्तिमा अघि बढिरहेको बताए। उक्त कार्यक्रममा विभिन्न विश्वविद्यालयका प्राध्यापकहरूको उपस्थिति थियो ।

सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्समा नवप्रवर्द्धन एवं आईटी मेला

काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने

एम्बार्क अनम्याथको “उद्यमी गणित“ कार्यक्रमः शैक्षिक गणितलाई व्यवहारिक प्रयोगमा रू…

किङ्स कलेजले साउन १०–११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट विश्व निकेतन सम्मानित

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

प्रतिक्रिया