वाशिङ्गटन डिसीमा मनाइयो प्रजातन्त्र दिवस

वाशिङ्गटन डिसी - नेपालको ७२औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर अमेरिकामा रहेका नेपाली कूटनीतिक नियोगहरूमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । डिसीमा आयोजित कार्यक्रममा अमेरिकाका लागि कार्यवाहक राजदूत कुमारराज खरेलले दूतावासमा झण्डोत्तोलन गरे । कार्यक्रममा खरेलले अमेरिकामा बस्दै आएका नेपालीलाई शुभकामना सन्देश दिएका थिए ।
यसैगरी महावाणिज्य दूतावास न्यूयोर्कमा आयोजित कार्यक्रममा नेपालको राष्ट्रिय गान, दीप प्रज्जवलन र झण्डा फहराइएको थियो । कार्यक्रममा कार्यवाहक महावाणिज्य दूत विष्णुप्रसाद गौतमले प्रजातन्त्र दिवसको महत्व र देनमाथि प्रकाश पारेका थिए। कार्यक्रममा सहिदहरूको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो ।

गैर आवासीय नेपाली सङ्घको एकता महाधिवेशन सम्पन्न

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

प्रतिक्रिया