ठगी गर्ने दुई पक्राउ

काठमाडाैँ – ई–सेवामा बोनस रकम प्राप्त हुन्छ भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको महानगरीय अपराध महाशाखाले ई–सेवामा रु ५० हजार जम्मा गरेमा दुई हजार ५०० बोनस पाइन्छ भनी जम्मा गर्न लगाई ठगी गर्ने रौतहटको माधवनारायण नगरपालिका–२ का शुभम साह र बाराको गढिमाई नगरपालिका–१० का सर्फराज आलमलाई आज पक्राउ गरेको हो ।
पक्राउ परेका साह र आलमले विभिन्न व्यक्तिलाई ई–सेवामा पैसा हाल्न लगाई सात लाख २७ हजार ठगी गरेका थिए । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।

केमिकल हालेको आँप हो कि होइन कसरी चिन्ने ?
हार्ड रक क्याफे काठमाडौँले ५४ औं जन्मोत्सवमा गर्यो छोयला बर्गर लन्च

भ्रष्टाचारविरुद्ध कर्णालीबाट खाली खुट्टा नै काठमाडौँ लम्किरहेको नवराज बोहोराको…

कामपाले सुरु गर्यो निःशुल्क मानसिक स्वास्थ्य परीक्षण

विद्युतीय अपराध गरेको आरोपमा दुई जना पक्राउ

प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान

ललितपुरबाट १३ जुवाडे पक्राउ

प्रतिक्रिया