...जहाँ गोली चल्यो, आगो बल्यो, धुँवा उड्यो [फोटो फिचर]

काठमाडौँ : एमसीसीको विरोधमा आइतबार दिनभरजसो नयाँ बानेश्वर क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप भयो । प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले बल प्रयोग गरेको हो । बल प्रयाेगका क्रममा प्रहरीले रबरकाे गाेली चलाएकाे थियाे ।
सरकारले एमसीसी सदनमा टेबल गरेसंगै काठमाडौंमा विरोधले उग्र रुप लिएको हो । सत्ता गठबन्धनमा रहेका दलहरू नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीनिकटका भ्रातृ संगठन एमसीसीका बिरोधमा काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा आइतबार दिनभर प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच पटक पटक झडप भएको थियो । स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले रबरको गोलीका साथै दर्जनौ सेट अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीले पनि टायर बालेर प्रदर्शन गरेका थिए । केही प्रदर्शनकारीले आगो बालेर स्वाहा भन्दै सडकमै एमसीसीको विरोध गरेका थिए ।
प्रहरीले अश्रग्यास हान्दा सडकमा धुँवा उडेको थियो । जसले प्रहरीलाई तितरबितर समेत पारेको थियो । तर प्रदर्शनकारीमाथि ढुंगा हान्न भने छाडेनन् । झडपमा प्रहरी र केही प्रदर्शनकारी घाइते भएका छन् ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया