आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

भूकम्पले भत्किएको राममन्दिर पुनःनिर्माण

भक्तपुर- मध्यपुरथिमि नगरपालिका–१ र ३ को सिमानामा पर्ने बुढाथोकी गाउँस्थित राममन्दिर पुनःनिर्माण सुरु भएको छ । विसं २०७२ को भूकम्पले भत्किएको उक्त मन्दिरको पुरातत्व विभागले ठेक्कामार्फत पुनःनिर्माण गर्न लागेको हो ।    
    
पुरातत्व विभागको रु ८० लाखको लागतमा विभागले ठेक्कामार्फत मन्दिरको पुनःनिर्माण गर्न लागेको वडा नं. १ का वडाध्यक्ष सुरज खड्काले जानकारी दिए । मन्दिरको आज शिलान्यास गरी पुनःनिर्माण थालिएको हो ।