हुथी विद्रोहीद्वारा गरिएको ब्यालिस्टिक मिसाइल आक्रमणमा पाँचको मृत्यु

यमन – यमनको साबाह प्रान्तको एक सहरमा यहाँका हुथी विद्रोहीहरुले गरेको ब्यालिस्टिक मिसाइल आक्रमणमा परेर कम्तीमा पनि पाँच जनाको ज्यान गएको छ ।
सो शहरमा शनिबार हुथी विद्रोहीहरूले शक्तिशाली मिसाइल आक्रमण गरेका थिए । त्यस क्रममा पाँच जना सर्वसाधारणको ज्यान गएको अधिकारीहरुले जनाएका छन्।
एकजना प्रहरी अधिकारीले आफ्नो नाम नबताउने शर्तमा दिएको जानकारी अनुसार सो मिसाइल शहरको एक बस्तीमा खसेको र त्यसको विस्फोटबाट कम्तीमा पनि पाँच जनाको ज्यान गएको बताएका छन् । यस हिंसात्मक घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

पाकिस्तान र इरानबाट एकै दिन सात हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

प्रतिक्रिया