दैलेख–सुर्खेत सडकखण्डमा पुल निर्माणको काम सुरु

सुर्खेत– दैलेख–सुर्खेत सडक खण्डबाट सिधै दैलेखको दुल्लु नगरपालिका जोड्ने मोटरेबल पुल निर्माणको काम सुरु गरिएको छ। दैलेखको चुप्रास्थित कइलकुनामा बन्न लागेको पुलको शिलान्यास गरि काम अघि बढाइएको हो।
दैलेख निर्वाचन क्षेत्र २ (क) का सांसद सुशील थापाले उक्त पुलको शिलान्यास गरेका हुन्। पुल निर्माण भएपछि दुल्लु नगरपालिकाका १३ वटा वडामध्ये ११ वटा वडाका नागरिकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने सांसद थापाले बताए। ५२ मिटर लम्बाइ रहेको उक्त पुल प्रदेश सरकारको क्रमागत योजनाको रूपमा रहेको छ। पहिलो चरणमा पुल निर्माणका लागि ११ करोड रुपैयाँ विनियोजन गरिएको छ।
कर्णाली प्रदेश सरकारको लगानीमा बन्न लागेको उक्त पुल निर्माणपछि दैलेख बजार नपुगी सिधै दुल्लु जान सकिनेछ। सांसद थापाका अनुसार दुल्लु नगरपालिकामा पर्ने कालभैरव, मालिका, छिउडीपुसाकोट, गमौडी, रिजुपोखरा लगायतका गाउँका नागरिकहरु प्रत्यक्ष लाभान्वित हुनेछन्। ‘सांसद भएलगत्तै मेरो पहिलो माग यस क्षेत्रका नागरिकको लागि पुल निर्माण हुनुपर्छ भन्ने थियो’ थापाले भने, ‘जुन् पुलको निर्माण काम सुरु भएको छ।’

अनलाइनबाट नागरिकताको सिफारिस दिँदै सिमकोट

कर्णाली राजमार्ग चार दिन बन्द हुने
१० महिनामा १३ हजार पर्यटक रारा पुगे

जुम्लामा मार्सीधान रोपाइँ सुरु

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_m8ZS4fTEB2_qeusuylsn6ivigmoddwwra8spxb4y6xq71jmv1jcwpiamlvhxsnzoiiplwsq.jpg)
प्रतिक्रिया