एमसीसी सम्झौतामा चीन र अमेरिका बोल्न थालेपछि परराष्ट्र मन्त्रालयले यसो भन्यो

काठमाडौँ– अमेरिकी सहयोग सम्झौतालाई लिएर मुलुकमा चर्को ध्रुवीकरण भएको छ भने सम्झौताको अर्को पक्ष अमेरिका र यसमा कुनै सहभागिता नभएको चीनले पनि चासो दिएको छ । अमेरिका र चीन एक–अर्कालाई लक्षित गर्दै बोल्न थालेपछि परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गरी नेपालले सधैं स्वतन्त्र, सन्तुलित र असंलग्न परराष्ट्र नीति अंगीकार गरिरहेको जनाएको छ ।
यस नीतिलाई अंगीकार गर्दै, नेपालले एक सार्वभौम देशको रूपमा एमसीसीको विकास सहायतालाई नेपालको आवश्यकता र प्राथमिकतामा उपयोग गर्न लागेको परराष्ट्रले उल्लेख गरेको छ । मन्त्रालयले विकास सहायताले नेपालमा पूर्वाधार विकास तथा मुलुकको विकासमा महत्वपूर्ण योगदान गरेको बताएको छ ।
लामो कूटनीतिक सम्बन्ध भएका छिमेकी राष्ट्रहरू तथा मित्र राष्ट्रहरूसँगको सहयोग तथा क्षेत्रीय, बहुपक्षीय र संयुक्त राष्ट्र संघ समेतको नेपालको आर्थिक तथा सामाजिक विकासका लागि ठूलो सहयोग रहेको उल्लेख गर्दै परराष्ट्र मन्त्रालयले नेपालको आफ्नो मुलुकको आवशयकता र प्राथमिकतामा आधारित रहेर विकास सहयोग स्वीकार गर्ने निर्णय लिएको जनाएको छ ।
नेपालको सार्वभौम संसद एक्लैले नेपाल र नेपाली जनताको लागि कुन विकास सहयोग आवश्यक छ भन्नेमा निर्णय लिने भन्दै मन्त्रालयले मित्रराष्ट्रहरूबाट निरन्तरको सद्भावको अपेक्षा रहेको उल्लेख गरेको छ ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया