पोखरामा बाक्लो असिना पानी (फाेटाे फिचर)

पोखरा - पोखरामा आइतबार मध्यान्ह बाक्लो असिना पानी परेको छ । पोखराको न्यूरोड, चिप्लेढुंगा, बगर, अमंरसिह चोक लगायत क्षेत्र असिनाले ढाकेको छ । अचानक परेको असिना पानीका कारण थुप्रै सवारी बाटोमै रोकिएका थिए । त्यस क्षेत्रमा चार इन्चदेखि एक फुटसम्म असिना जमेको स्थानीयको भनाइ छ । पोखरा क्षेत्रमा यति धेरै असिना परेको पहिलो पटक थाहा पाएको स्थानीयले बताएका छन् ।
असिना पानीले हिउँदे बालीमा नोक्सानी पुर्याएको छ। किसानले उत्पादन गरेको बन्दा, काउली, मुला लगायत तरकारीमा असिनाले क्षति पुर्याएको महानगरपालिकाका कृषि विकाश महाशाखा प्रमुख मनहर कडरियाले बताए । फागुनको पहिलो सातामै परेको असिनाले महानगरभरका ५० प्रतिशतभन्दा बढि किसानको बालीमा क्षति पुर्याएको उनको आंकलन छ ।
‘सबैतिरबाट क्षतिको खबर आइरहेको छ,’ उनले भने, ‘किसानले लगाएको तरकारी बाली, गहुँ, आलुमा क्षति पुर्याएको छ भने फूल खेल्ने बेला भएका फलफुलमा यसले धेरै क्षति पुगेको आंकलन गरेका छौं ।’ सबै वडाबाट क्षतिको खबर आएकाले महानगर कृषि महाशाखाको टोलीले क्षतिको विवरण संकलनका लागि कृषकको खेतबारीमा जाने तयारी गरिरहेको कडरिया जानकारी दिए ।

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया