कोरोनाले पूर्वराज्यमन्त्री दिनेशचन्द्र यादवको निधन

काठमाडौं : कोरोना भाइरसको संक्रमणका कारण पूर्वराज्यमन्त्री दिनेशचन्द्र यादवको निधन भएको छ । भूमि व्यवस्थापन तथा सुकुमबासी समस्या समाधान आयोगका सदस्य समेत रहेका यादवको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री र संविधानसभा सदस्य समेत रहेका यादव नेकपा बाँकेका इञ्चार्ज समेत थिए । उनलाई पुस १२ गते कोरोना संक्रमण भएको थियो ।
संक्रमण भएपछि हेलिकोप्टरबाट काठमाडौं ल्याइएका उनको ग्राण्डीमा उपचार थालिएको थियो । मधुमेह रोगबाट समेत पीडित रहेका यादवलाई भेन्टिलेटरमा राखेर उपचार थालिएपनि बचाउने प्रयास भएपनि सफल नभएको अस्पतालले जनाएको छ ।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन…

कृषिउपजको उचित मूल्य र बजार पाउनुपर्नेमा जोड

‘विकाससँग सांसद जोडिनुपर्छ’

नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक

रवीन्द्र मिश्र र प्रसाईलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

प्रतिक्रिया