भालुको पित्त र यार्सागुम्बासहित एक जना पक्राउ

कञ्चनपुर - भालुको पित्त र यार्सागुम्बासहित प्रहरीले कृष्णपुर नगरपालिका–१ वनदेवी मन्दिरबाट ५७ वर्षीय बृख कामीलाई शनिबार साँझ पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमंका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको आरआटी टोली र इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको टोलीले जुम्ला कन्काइसुन्दरी गाउँपालिका–६ स्थायी घर भई हाल कैलालीको गोदावरी नगरपालिका–२ अत्तरिया डेरा लिएर बस्ने कामीलाई भालुको पित्त ९२ ग्राम र यार्सागुम्बा ५२४ ग्रामसहित पक्राउ गरेको हो ।
उनी बस्दै आएको डेराबाट ५०० ग्राम यार्सागुम्वा फेला पारेको प्रहरी निरीक्षक बमले बताउनुभयो । उहाँका अनुसार पक्राउ परेका कामीमाथि थप अनुसन्धानको कार्य भइरहेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया