पृथ्वीनारायण शाहको शालिक अनावरण

झापा - कनकाई नगरपालिकाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई राष्ट्रिय विभूतिको सम्मान दिँदै पूर्णकदको शालिक अनावरण गरेको छ । कनकाईले ७२औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर पृथ्वीनारायण शाहको शालिक अनावरण गरेको हो ।
नगरपालिका प्रवेशद्वारमा भएको एक संक्षिप्त कार्यक्रमका बीच पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य हीराकुमार थापा, नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख मञ्जु प्रसाईँलगायतले एकताका प्रतीक राष्ट्रनिर्माता पृथ्वीनारायणको शालिक अनावरण गरेका हुन् ।
गजुरसहित निर्माण गरिएको सात फिट पाँच इन्च उचाइको पृथ्वीनारायणको शालिक नेपालकै पहिलो ठूलो भएको अनुमान छ ।
नगरवासीमा एकताका साथ अघि बढ्नुपर्छ भन्ने सन्देश दिने उद्देश्यले पृथ्वीनारायण शाहको शालिक निर्माण गरिएको कनकाई नगर प्रमुख पोखरेलले बताए । पृथ्वीनारायण शाहलाई राजसंस्थासँग जोडेर नभई राष्ट्रनिर्माताका प्रतीकका रूपमा सम्मान गर्दै शालिक स्थापना गरेको नगर प्रमुख पोखरेलले जानकारी दिए ।
राष्ट्रिय, अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा सहभागिता जनाइसक्नुभएका कनकाई–३ निवासी राष्ट्रिय मूर्तिकार हिम्मत नेम्वाङबाट छोटो समयमै निर्माण गरिएको शालिक नगरपालिकाको प्रवेशद्वारमा अनावरण गरिएको हो ।
दुई मूर्तिकारले दुई महिना लगाएर निर्माण गरेको शालिकको मूल्य ११ लाखभन्दा बढी पर्ने भए पनि मूर्तिकार नेम्वाङ स्थानीयवासी भएकाले सम्मानसहित उनको श्रमवापतको पाँच लाखमात्र दिने सम्झौता भएको बताइएको छ ।

केमिकल हालेको आँप हो कि होइन कसरी चिन्ने ?
हार्ड रक क्याफे काठमाडौँले ५४ औं जन्मोत्सवमा गर्यो छोयला बर्गर लन्च

भ्रष्टाचारविरुद्ध कर्णालीबाट खाली खुट्टा नै काठमाडौँ लम्किरहेको नवराज बोहोराको…

कामपाले सुरु गर्यो निःशुल्क मानसिक स्वास्थ्य परीक्षण

विद्युतीय अपराध गरेको आरोपमा दुई जना पक्राउ

प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान

ललितपुरबाट १३ जुवाडे पक्राउ

प्रतिक्रिया