मधेशमा प्रदेशमा ७ हजार भन्दा बढी मावनअधिकार हननका घटना

जनकपुरधार – मधेश प्रदेशमा सन् २०२१ मा मानवअधिकार उल्लंघन तथा ज्यादतीको ७ हजारभन्दा बढी घटना भएको सार्वजनिक गरिएको छ ।
मानव अधिकारको क्षेत्रमा काम गर्ने अनौपारिक क्षेत्र सेवा केन्द्र(ईन्सेक)ले शनिबार जनकपुरका एक कार्यक्रमबीच सार्वजनिक गरेको मानव अधिकार वर्ष पुस्तक २०२२ मा सन् २०२१ मा मधेश प्रदेशमा ७ हजार ५८ वटा घटना मानवअधिकार उल्लंघनसँग जोडिएको उल्लेख छ । उक्त पुस्तकमा अपहरणका २४, पक्राउका ३, महिला अघिकार उलंघनमा २ सय २८, बाल अधिकार उलंघनमा २२३ घटना भएको उल्लेख छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को सार्वजनिकीकरण उच्च अदालत जनकपुरधामका न्यायाधीश हरि प्रसाद बंगालेले गरेका हुन् । कार्यक्रममा मधेश प्रदेशसभाका सांसद मञ्जु यादव न्यायालय स्वतन्त्र हुन नसकेको बताइन् । मधेश प्रदेशमा जातिय छुवाछुत, बोक्सी आरोप, कुटपिटलगायतका घटनामा वृद्धि हुदै गरेकाले यसतर्फ राज्यका निकायहरु गम्भिर हुन जरुरी रहेको सांसद यादवको भनाइ थियो । राजनीतिक नियुत्तिका कारणले गर्दा न्यायलय स्वतन्त्र नभएको उनको भनाइ थियो ।
ईन्सेकका मधेश प्रदेश प्रमुख राजु पासमानले मानव अधिकारको क्षेत्रमा मधेश प्रदेशमा ७५८ ओटा घटना भएको बताए । सार्वजनिकीकरण कार्यक्रममा २०२१ मा मानव अधिकार अभिलेख र पैरवीमा प्रदेशमा उत्कृष्ट कार्य गर्ने रौतहट जिल्ला प्रतिनिधि कोपिला तिम्लिसिनालाई ७ हजार नगदसहित पुरस्कृत गरिएको छ ।

केमिकल हालेको आँप हो कि होइन कसरी चिन्ने ?
हार्ड रक क्याफे काठमाडौँले ५४ औं जन्मोत्सवमा गर्यो छोयला बर्गर लन्च

भ्रष्टाचारविरुद्ध कर्णालीबाट खाली खुट्टा नै काठमाडौँ लम्किरहेको नवराज बोहोराको…

कामपाले सुरु गर्यो निःशुल्क मानसिक स्वास्थ्य परीक्षण

विद्युतीय अपराध गरेको आरोपमा दुई जना पक्राउ

प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान

ललितपुरबाट १३ जुवाडे पक्राउ

प्रतिक्रिया