लागुऔषध खैरो हेरोइनसहित २ जना पक्राउ

कैलाली - लागुऔषधसहित प्रहरीले २ जना पक्राउ गरेको छ ।
नयाँबस्ती बस्ने नरबहादुर बिष्टको घरबाट उनका छोरा अन्दाजी २२ वर्षीय बिरेन्द्र बिष्ट र सोही ठाउँ बस्ने अन्दाजी २८ वर्षीय राज सुनारलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी बेदप्रकाश जोशीले बताए ।
इलाका प्रहरी कार्यालय लम्की र इलाका प्रहरी कार्यालय चिसापानी कैलालीको संयुक्त प्रहरी गस्ती टोलीले लम्की चुहा नगरपालिका वडा नम्बर ३ चिसापानी स्थित नयाँ बस्तीबाट बिक्री वितरणका लागि ठिक्क पारेको अवस्थामा उक्त लागुऔषध खैरो हेरोइनसहित २ उनीहरुलाई पक्राउ गरेको हो।
लागुऔषध खैरो हेरोइन बिक्रि वितरणको लागि पोका बनाई तयारी अवस्थामा राखेको फेला पारेको डीएसपी जोशीले बताए । उनले ९ ग्राम १५० मिलिग्राम खैरो हेरोइनसहित उनीहरुलाई पक्राउ गरी अनुसन्धान भइरहेको बताए ।
पछिल्लो पटक कैलाली, कञ्चनपुर लगायत सुदूरपश्चिमका पहाडी जिल्लासम्म लागुऔषधको जालो फैलिएको भए पनि प्रहरीले वास्तविक लागुऔषध कारोबारीलाई भने अझैसम्म पक्राउ गर्न सकेको छैन ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया