कर्णालीमा एक वर्षमा चार सय ३० मानव अधिकार उल्लघंनका घटना

सुर्खेत – कर्णाली प्रदेशमा एक वर्षको अवधिमा चार सय ३० वटा मानव अधिकार उल्घंनका घटनाहरु भएका छन् । प्रजातन्त्र दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) कर्णाली प्रदेशले शनिवार वीरेन्द्रनगरमा एक कार्यक्रमका बीच सन् २०२१ को वर्षभरिको तथ्यांक सार्वजनिक गरेको हो ।
इन्सेकले सार्वजनिक गरेको मानव अधिकार वर्ष पुस्तक २०२२ मा प्रदेशभर एक वर्षको अवधिमा तीन सय ९६ वटा ज्यादतिका घटना भएका छन् । जसमा तीन सय २० महिला र ७६ पुरुष पीडित भएका छन् । त्यसैगरी मानव अधिकार उल्लघंनका ३४ वटा घटेका छन् जसमा चार जना महिला र ३० जना पुरुष पीडित भएका इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले जानकारी दिए ।
इन्सेकको तथ्यांक अनुसार गत वर्षको तुलनामा यस वर्ष कर्णाली प्रदेशको मानव अधिकारको अवस्थामा केही सुधार आएता पनि कारागारमा मृत्यु, परिवारजनबाट भएका हत्या र धम्कीका घटना गत वर्षभन्दा बढी रहेका छन् ।
अघिल्ला वर्षहरुझै जातीगत घटनाहरु बढेका छन् । इन्सेकले सार्वजनिक गरेको तथ्यांक अनुसार सुर्खेत कारागारमा दुई जना कैदीबन्दीको मृत्यु भएको छ । एक वर्षको अवधिमा ३४ जनाको हत्या भएको छ भने १४ जना धम्कीका घटनाबाट पीडित भएका छन् । यस वर्ष कणालीमा २३ जना मानवअधिकारकर्मीहरु पीडित भएका छन् । जसमा स्वास्थ्यकर्मी, पत्रकार तथा अधिकारकर्मीहरु रहेका छन् भने ८४ जना बालवालिका पीडित भएका छन् । यस वर्ष बालविवाहका आठ वटा घटना, बेचविखनका दुई, बलात्कारका ५३, यौन दुव्र्यवहारका २० जना पीडत भएका छन् ।
यस वर्ष पनि महिला हिंसाका घटनामा प्रवृक्तिगत कमी नआएको इन्सेकका संयोजक सुवेदीले बताए । कार्यक्रममा उच्च अदालत सुर्खेतका न्यायधिस शेषराज शिवाकोटीले मानव अधिकार उल्घंनका घटनाहरु घटेतापनि त्यति निराशाजनक अवस्था नरहेको औल्याए । प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदिश भट्टले फरार अभियुक्तलाई पक्राउ गर्ने काममा प्रहरी अघि बढेको भन्दै यसले मानव अधिकार प्रवद्र्धनमा सहयोग पुग्ने बताए । मानव अधिकार रक्षक संजाल कर्णाली प्रदेशका अध्यक्ष पिताम्बर ढकालले महिला हिंसा कम गर्न महिला प्रहरीको संख्या बढाउनुपर्नेमा जोड दिए ।

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

सामाजिक कार्यमा लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सक्रिय हुँदै

गलत तरिकाले चिया पिइरहनु भएको त छैन ?

खाल्डोमा डुबेर बालकको मृत्यु

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया