बागलुङमा चितुवाको उद्धार

काठमाडाैँ – बागलुङ नगरपालिका–३ पाखाथरमा आज बिहान बिरामी अवस्थामा भेटिएको एक चितुवालाई डिभिजन वन कार्यालयले उद्धार गरेको छ ।
अन्दाजी डेढ वर्षको उक्त चितुवालाई कार्यालयमा रहेको खोरमा राखी रेखदेख र परीक्षण थालिएको सहायक वन अधिकृत मदन कँडेलले जानकारी दिए ।
“चितुवाको अवस्था गम्भीर नै छ, विष खाएर बेहोस भएजस्तो देखिन्छ”, उनले भने, “भोलिसम्म राखेर हेर्छौं, नत्र थप उपचारका लागि बाहिर पठाउनुपर्ने हुन्छ ।”
बिरामी भएर बाटामा लडेका अवस्थामा देखेपछि स्थानीयवासीले कार्यालयलाई खबर गरेका थिए ।
कार्यालयका कर्मचारी र प्रहरीले त्यसको उद्धार गरेका थिए । उपचारबाट निको भएमा चितुवालाई जङ्गलमा लगेर छाडिने कार्यालयले जनाएको छ ।

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया