रियललाई हराउँदै बार्सिलोना सुपर कपको फाइनलमा

काठमाडौं : बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा पुगेको छ । बुधबार राति रियल सोसिडाडलाई पेनाल्टीमा ३-२ गोलले हराउँदै बार्सिलोना फाइनल पुगेको हो ।
दुवै टिमले एक एक गोलको बराबरी खेलेपछि निर्णय पेनाल्टीमा गर्नु परेको थियो । टाइब्रेकरमा बार्सिलोनाका ओस्मान डेम्बेले, मिरालिम पाजनिक र रिकी पुजले गोल गरे । तर, शुरुवाती गोल गरेका डीजोङ र एन्टोनियो ग्रिजम्यान गोल गर्न असफल रहे ।
त्यसअघि बार्सिलोनाका लागि फ्रेन्की डिजोङ शुरुवाती गोल गर्दा मिकेलले बराबरी गोल गर्दै सोसिडाडलाई खेलमा फर्काएका थिए । अब बार्सिलोनाले उपाधिका लागि रियल मड्रिड र एथ्लेटिक बिल्बाओबीचको विजेतासँग खेल्नेछ ।

चिनियाँ प्रशिक्षक नेपालमा

आज साँझ एलओडीले रोबर्टो कार्लोसलाई सँगै राखेर फुटबल देखाउँदै

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

फुटबलर रोबर्टो कार्लोस एलओडीमा आउँदै

६ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

गणेश थापामाथिको १० वर्षे प्रतिबन्ध फुकुवा, भन्छन्- अब फेरि फुटबलको विकासमा ला…

आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

प्रतिक्रिया