पूजा र पलले गरे वृक्षारोपण, रुखको नाम ‘छायाँ’

काठमाडौँ - आउँदो शुक्रबार रिलिज हुने फिल्म ‘म यस्तो गीत गाउँछु २’ले प्रचार प्रसारलाई तीव्र बनाउने क्रममा शनिबार बिहान वृक्षारोपण कार्यक्रममा सहभागी बनेका छन् । दुवैले बागमती किनारमा वृक्षारोपण गरेका हुन् ।
उनीहरूले फिल्मको चरित्रसँग मिल्ने गरी रुखको नाम दिएका हुन् । फिल्ममा पूजा शर्माले छायाँ नामको चरित्र निर्वाह गरेकी छिन् । उनले रुखको नाम पनि छायाँ नै राखेकी थिइन् ।
‘रुख ठूलो भएपछि छहारी दिन्छ । घाममा छायाँ दिने भएकाले छायाँ राखौँ,’पूजाले भनेकी थिइन् । पलले भने रुखको नाम ‘म यस्तो गीत गाउँछु’ राखेका थिए ।
उनले वातावरण सफाईमा लागेका अभियन्तालाई हौसला दिन आफूहरू वृक्षारोपण कार्यक्रममा सहभागी भएको बताएका थिए ।
फागुन १३ गतेबाट हलमा प्रदर्शन हुन लागेको फिल्ममा पल र पूजासँगै दिनेश डिसीको मुख्य भूमिका रहेको छ । फिल्मलाई सदर्शन थापाले निर्देशन गरेका हुन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया