सुर्खेत विमानस्थल विस्तारमा स्थानीय सहमत

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजधानी वीरेन्द्रनगर सुर्खेतको विमानस्थल विस्तारका लागि स्थानीय समुदाय सहमत भएको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वीरेन्द्रनगर सुर्खेतमा भएको सरोकारवालासँग छलफलमा विमानस्थल विस्तारबाट प्रभावित क्षेत्रका स्थानीयहरूले अन्तिम पटक सहमत जनाएको मुख्यमन्त्री शाहीले बताए ।
प्रदेश सरकार र स्थानीय समुदायबीच कुरा नमिल्दा लामो समयदेखि विमानस्थल विस्तार एवं स्तरोन्नतिको कार्यले गति लिन सकेको थिएन । मुख्यमन्त्री शाहीका अनुसार उत्तरतिरबाट विमानस्थलको विस्तार गर्ने र प्रदेश सरकारबाट प्रभावित क्षेत्रमा पर्ने विद्यालय, सामुदायिक भवन बनाउने र प्रभावित क्षेत्रका बासिन्दालाई उचित क्षतिपूर्ति दिने प्रतिबद्धता जनाइएको छ भने विमानस्थलको निर्माण कार्यले गति लिनेछ । विमानस्थलको धावनमार्ग एक हजार ५०० मिटर हुने बताइएको छ ।
सुर्खेत विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिका लागि जग्गा अधिग्रहण, रनवे विस्तार, टर्मिनल भवन निर्माण र अन्य आवश्यक विकास निर्माण कार्य कर्णाली प्रदेश सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच विसं २०७७ असोज १५ गते सम्झौता भएको थियो ।
आजको छलफलमा मुख्यमन्त्री शाहीसहित मन्त्रीहरु, प्रमुख प्रतिपक्षी दलका नेता, प्रदेश सरकारका प्रमुख सचिव, सचिवहरु प्रभावित क्षेत्रका बासिन्दा, नागरिक उड्डयन प्राधिकरणका निर्देशकको सहभागिता रहेको थियो । रासस

लहानको मुख्य बजार क्षेत्रमा तत्काल सडक निर्माण गर्न माग

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध

छुआमाखोला बाढीले क्षतिग्रस्त कुलो तथा सडक मर्मत सुरु

कान्तिलोकपथको पहिरो पन्छाइयो

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

प्रतिक्रिया