कर्णालीकै ठूलो कृति पुरस्कार ‘जियारा’ लाई

सुर्खेत– कर्णाली साहित्य समाजले वर्ष २०७७ को कर्णाली साहित्य समाज कृति पुरस्कार नयनराज पाण्डेको कृति जियारालाई प्रदान गर्ने भएको छ । ५० हजार राशीको उक्त पुरस्कार २०७७ सालभित्र प्रकाशित कृतिहरु मध्येबाट छनोट गरेर जियारालाई दिने निर्णय गरिएको संस्थाका संस्थापक संरक्षक महेशविक्रम शाहले जानकारी दिए ।
उक्त पुस्तकमा तराई र मधेसका समाजमा विद्धमान पारम्परिक कुप्रथा, रूढीवादी संस्कार र अन्धविश्वासमाथि निर्मम प्रहार गर्दै आम नागरिकहरुका दुःख, पीडा र भोगाइहरूलाई समेटिएको छ ।
यसैगरी कर्णाली साहित्य समाज साधना सम्मान प्रा.डा. राजाराम सुवेदीलाई प्रदान गरिने गर्न लागिएको छ । त्यसैगरी संस्थाले स्थापना गरेको रु २५ हजार राशीको पुरस्कार कर्णाली प्रदेशका विभिन्न लोक नृत्यहरुलाई देशभर चिनाउन सफल कलाकार, २०३९ सालदेखि २०७६ सालसम्म आइपुग्दा २५ पटक राष्ट्रिय प्रतियोगीतामा प्रथम स्थान हासिल गर्न सफल वरिष्ठ राष्ट्रिय नृत्य निर्देशक, बन्धकी, बाटुली, गोर्खा पल्टन जस्ता सुपरहिट चलचित्रमा समावेश भएका नृत्यहरुका निर्देशक, कुलमान नेपालीलाई प्रदान गरिने जनाइएको छ ।
‘कर्णाली साहित्य समाजबाट सम्पादित यी कार्यहरु हाम्रा लागि मात्र नभई सिंगो कर्णाली प्रदेशका लागि पनि गौरवको विषय हो भन्ने हामीले ठानेका छौ’ संस्थाका अध्यक्ष खगेन्द्र अधिकारी ‘अमृत’ ले भने, यहाँको साहित्य कला तथा यहाँको पहिचानलाई संरक्षण गर्नको लागि लागिपरेका छौ ।’
आगामी चैतमा संस्थाको स्थापना दिवसको अवसर पारेर उक्त सम्मान तथा पुरस्कारहरु प्रदान गरिने संस्थाका उपाध्यक्ष देवकी तिमिल्सिना ‘समीक्षा’ ले जानकारी गराइन् । कर्णाली साहित्य समाज स्थापना भएसँगै नेपाली साहित्यको क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आइरहेको छ ।
यसअघि महेश थापाद्वारा लिखित मरीचिका कथा संग्रह र ललित विष्टद्वारा लिखित मोहपथलाई कर्णाली साहित्य समाज कृति पुरस्कार (रु ५० हजार राशि), कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार (रु २५ हजार राशि), चर्चित साहित्यकार बुद्धिसागर र वरिष्ठ कलासाधक प्रेमदेव गिरीलाई साथै कर्णाली साहित्य समाज साधना सम्मान (ताम्रपत्रसहित) कवि श्यामल र कर्णालीको लोकसंस्कृति लगायतका दर्शनौ कृतिका लेखक शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरिसकेको छ ।

‘भानुभक्तको कृतिले नेपाललाई एकढिक्का बनाउन योगदान दिएको छ’
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_SP2H3NLAlX_jtuskywsqj7wp65v2kxe3sngorblyoyhrmjyakzmxgvou42h6zgqzejraolg.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

प्रतिक्रिया