एडिबीसँग सघन साझेदारीमा अर्थमन्त्रीको जोड

काठमाडौँ : अर्थमन्त्री जनार्दन शर्माले नेपाली उत्पादनलाई विश्व बजारमा पु¥याउन एशियाली विकास बैंक एडिबीसँग सघन साझेदारी आवश्यक भएकामा जोड दिएका छन् । एडिबीका कार्यकारी निर्देशक डा वान फारिसनसँग भएको ‘भुर्चुअल’ छलफलमा उनले उक्त कुरामा जोड दिएका हुन् ।
नेपालका उत्पादन नगण्य मात्रामा मात्र निर्यात भइरहेको बताउँदै अर्थमन्त्री शर्माले यसलाई बढाउन एडिबीसँग सहकार्य अपरिहार्य भएको उल्लेख गरे । “नेपालको निकासी न्यून छ, उत्पादन गर्ने वस्तु वा क्षेत्रको छनोट र उत्पादित वस्तु निकासी गरी विश्व बजारमा पु¥याउन पनि एडीबीसँग हाम्रो सघन सहकार्य आवश्यक छ”, उनले भने ।
अर्थतन्त्रको नकारात्मक पक्षहरूलाई घटाउन, व्यापारका सूचकाङ्कमा सुधार गर्न तथा लगानीमैत्री वातावारण निर्माण गर्न सरकार क्रियाशील रहेको बताउँदै त्यसनिम्ति निजी क्षेत्रलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेको जानकारी दिए । एडिबीले कोभिड महामारी नियन्त्रण गर्न तथा नेपालको अर्थतन्त्रलाई उन्नत तुल्याउन निरन्तर सहयोग गरेकामा उनले धन्यवाद ज्ञापन गरे । कोभिडपछिको अर्थतन्त्रलाई उकास्न अझै धेरै काम गर्र्न बाँकी रहेको र त्यसमा एडिबीसँगको थप सहकार्य नेपाललाई आवश्यक भएको अर्थमन्त्रीले बताए । रासस

बजेट सकारात्मक : निकासी पैठारी संघ

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

राहुघाट जलविद्युत् आयोजना निर्माणलाई तीव्रता दिन निर्देशन

बेष्ट फाइनान्स एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपालपे कार्डमा आवद्ध

झापामा ‘नेक ब्लास्ट’ रोगले बोटमै सुक्यो धान

स्मार्टफोन टिकाउपनको नयाँ परिभाषा : रेड्मी नोट १४प्रो+५जी
दिखुवाखोलामा मोटरेबल पुल निर्माण थालियो, ५ करोड ५० लाख रूपैयाँ खर्च लाग्ने

प्रतिक्रिया