माइतीघरमा २१ दलको संयुक्त प्रदर्शन

काठमाडौं : अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता खारेजको माग गर्दै २१ राजनीतिक संगठनले काठमाडौको माइतीघर मण्डलामा संयुक्त विरोध प्रदर्शन गरेका छन्। बिहीबार माइतीघर मण्डलामा कार्यगत एकतामा सम्मिलित २१ राजनीतिक संगठनहरुले एमसीसी खारेजीलगायत माग राख्दै विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरूले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्नुपर्ने, कोरोना संक्रमित बिरामीको निशुल्क उपचारको व्यवस्था गर्नुपर्ने, सरकार आफ्नो जिम्मेवारीबाट भाग्न नपाइने, २१ वाम गठबन्धन विरुद्ध गृहमन्त्रीले दिएको अभव्यिक्ति तत्काल फिर्ता लिनुपर्ने लगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका हुन ।
त्यस्तै सरकारले कोरोना संक्रमित बिरामीको निशुल्क उपचार नगर्ने निर्णय फिर्ता नलिए सडक आन्दोलन निरन्तर गर्ने चेतावनी दिएको छ । निशुल्क उपचार नगर्ने सरकारको निर्णयले संविधानको धारा ३५ र सर्वोच्च अदालतको परमादेशको धज्जी उडाएको उनीहरुको आरोप छ । प्रदर्शनमा सहभागी २१ राजनीतिक संगठनका नेता परी थापाले कोरोना महामारीको बेला सरकार आफ्नो दायित्वबाट उम्कन खोजेको आरोप लगाए ।
उनले समस्यामा परेका नागरिकहरूलाई मनकारी समाजसेवीहरले खाना खुवाउने व्यवस्था गरिरहेपनि सरकार टुलुटुलु हेरेर बसेको समेत आरोप लगाए। २१ राजनीतिक संगठन अन्तर्गत नेकपा मसाल, नेकपा त्र्रmान्तिकारी माओवादी, नेकपा माले, राष्ट्रिय जनमोर्चा नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कम्युनिष्ट पार्टी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जागरण मञ्च लगायत दलहरूले प्रदर्शन गरेका हुन ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया