जलविद्युतमा १० अर्ब ८८ करोड लगानी
हाइड्रइलेक्ट्रिसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको नवौं साधारण सभा

काठमाडौं : जलविद्युत् तथा लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) ले ४७६ मेगावाटका १३ वटा आयोजनामा १० अर्ब ८८ करोड रुपैयाँ लगानी गरेको तथ्यांक आज बुधबार सार्वजनिक गरेको छ ।
कम्पनीको आज बुधबार सम्पन्न नवाैं वार्षिक साधारण सभामा सञ्चालक समितिका अध्यक्ष तथा ऊर्जा सचिव दिनेशकुमार घिमिरे र कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीइओ छविराज पोखरेलले संयुक्त रुपमा शेयरधनीसमक्ष पेश गरेको (भर्चुअल) विवरण अनुसार लगानी भएकामध्ये चारवटा आयोजना (९०.६ मेगावाट) सञ्चालनमा आइसकेका छन् ।
कम्पनीको वार्षिक प्रतिवेदनअनुसार यही आर्थिक वर्षमा थप चारवटा आयोजना (१८२ मेगावाट) सम्पन्न भई बिजुली उत्पादन हुनेछन् भने अन्य पाँच वटा निर्माणको क्रममा रहेका छन् ।
कम्पनीले स्वपूँजी (इक्वीटी) तर्फ कूल १५४० मेगावाट क्षमताका पाँच वटा आयोजना र चारवटा सम्बन्धित क्षेत्रका कम्पनीहरुमा ९ अर्ब ४५ करोड रुपैयाँ लगानी गरिसकेको सीइओ पोखरेलले साधारण सभापछि आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
कम्पनीले गरेको कूल लगानीमध्ये ऋणतर्फ ४ अर्ब ९८ करोड रुपैयाँ प्रवाह भइसकेको उनले बताए । कम्पनीबाट ऋण लगानी भएका आयोजनामध्ये सञ्चालनमा आएका आयोजनाहरुमा बागमती साना आयोजना (२० मेगावाट), काबेली बी (२५ मेगावाट०, तल्लो हवा (२१ मेगावाट) र सोलु खोला (२३.५ मेगावाट) छन् ।
सीइओ पोखरेलका अनुसार यही आर्थिक वर्षमा आउने कूल १८२ मेगावाटका चार आयोजनाहरुमा मिस्त्री खोला (४२ मेगावाट), न्यादी (३० मेगावाट), दोर्दी (२८ मेगावाट), तल्लो सोलु ८२ मेगावाट) हुन् ।
यो कम्पनी नेपाल सरकारको लगानीमा देशभित्र र बाहिर रहेको पुँजीलाई व्यवस्थित रुपमा संकलन गरी ऋण तथा स्वपुँजी लगानीमार्फ जलविद्युत् आयोजना र त्यससँग सम्बद्ध पूर्वाधार विकास गर्ने उद्देश्यले २०६८ सालमा स्थापना भएको हो ।
कम्पनीको अधिकृत पुँजी ५० अर्ब, जारी पुँजी २२ अर्ब र चुक्ता पुँजी साढे १६ अर्ब रुपैयाँ छ । कम्पनीमा ५० प्रतिशत स्वामित्व नेपाल सरकारको छ । यसमध्ये अर्थ मन्त्रालयको २०, ऊर्जा मन्त्रालयको १०, कानुन न्याय मन्त्रालयको १०, महालेखा नियन्त्रकको १० प्रतिशत शेयर छ । यसैगरी सार्वजनिक संस्थानहरु कर्मचारी सचय कोषको १०, नागरिक लगानी कोषको १० र राष्ट्रिय बीमा संस्थानको १० प्रतिशत शेयर लगाी छ । सर्वसाधारणको भने २० प्रतिशत शेयर छ ।
कम्पनीले अन्तर्राष्ट्रिय संस्थाहरुसँगको सहकार्यलाई उपयोग गरी आफ्नो रणनीतिक उद्देश्य पूरा गर्न ठूला आयोजनाहरुको विकास कार्यलाई औपचारिक रुपमा अघि बढाएको साधाण सभामा जानकारी दिएको छ ।
यसअन्तर्गत कम्पनीले १५६ मेगावाटको माडी जलाशययुक्त र ७५६ मेगावाटको तमोर जलाशययुक्त आयोजना विकास गर्ने कार्यलाई औपचारिक रुपमा सुरु गरिसकेको जानकारी दिएको छ । माडीमा अनुमति पत्र प्राप्त गरी सम्भाव्यता अध्ययन कार्यभ इरहेको छ भने तमोरमा पावर चाइनासँगको सहकार्यमा विकास गर्न समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ ।
भारतको सरकारी स्वामित्वको एनएचपीसीसँग संयुक्त उपक्रममा ठूला आोजना विकास गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ ।

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_WIGSgfQuyF_dhvxsajcxcgm25cd9nqzyaomv8xjs5hbfhlfnjw1sapzfhbumirxtzxwagon.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

प्रतिक्रिया