रामजीले बनाए 'हनिमुन'
काठमाडौँ- रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा तयार भएको सर्टफिल्म हनिमुन सार्वजनिक गरिएको छ । लघु फिल्मले बिहेपछि श्रीमान र श्रीमतीको रमाइलो पल हनिमुनको दिन हुने असमझदारीको कथा प्रस्तुत गर्छ ।
केटा अथवा केटीले बिहेका लागि राजी हुँदै गर्दा आफ्नो पार्टनरको विगतलाई एसेप्ट गर्नसक्नुपर्छ अन्यथा उनीहरुको विगतमा भएका स साना कामलाई कोट्याउँदा त्यसले दाम्पत्य जिवन तनावपूर्ण तरिकाले अघि बढ्छ भन्ने चलचित्रमा देखाइएको छ ।
यो फिल्ममा विशाल कटवाल र प्रतिभा केसीको अभिनय देख्न सकिन्छ । निर्देशक ज्ञवालीले आफ्नो जन्मदिनको अवसर पारेर हनिमुन सार्वजनिक गरेका हुन् । उनले यसअघि 'डार्क मुन', 'एक लभर', 'लकडाउन' लगायतका सर्ट फिल्म निर्माण गरिसकेका छन् ।
सार्वजनिक फिल्म हनिमुनमा बिजय अर्यालको आवाज, बिशाल निरौलाको म्युजिक, योगेश गाजीको ब्याकग्राउन्ड म्युजिक तथा मिक्सिंग, राजेन्द्र मोक्तानको कलरग्रेडिंग, शाहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ । चलचित्रलाई संकल्प भुजेलले खिचेका हुन् ।
यो चलचित्र राम्रो इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । काठमाडांस्थित नक्लासमा रहेको लिसरा रिसेप्सनमा एक भव्य कार्यक्रमकाबीच चलचित्र हनिमुन सार्वजनिक गरिएको हो । यो सर्टफिल्मलाई उपस्थितले राम्रो प्रतिक्रिया दिएका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया