मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौँ- सत्ता गठबन्धनको बैठक जारी छ । एमसीसीमा साझा धारणा बनाउने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो ।

सत्ता गठबन्धनको बैठक बस्नुअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र अशोक कुमार राईले छलफल गरेका थिए ।

आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्‍दैछ । बैठकमा एमसीसी टेबल गर्ने सम्भावना रहेको छ ।