डिभिजन वन कार्यालय लमजुङ उत्कृष्ट घोषणा

लमजुङ- गण्डकी प्रदेश सरकारले डिभिजन वन कार्यालय लमजुङलाई उत्कृष्ट कार्यालय घोषणा गरेको छ । जिल्लामा रहेका प्रदेश मातहतका कार्यालयमध्ये डिभिजन वन कार्यालय उत्कृष्ट बन्न सफल भएको हो ।
प्रदेश सरकारले आफ्नो स्थापना दिवसको दिन उत्कृष्ट कार्यालयको रुपमा घोषणा गरेको कार्यालयका प्रमुख डिभिजनल वन अधिकृत पूर्णेश्वर सुबेदीले बताए । कार्यमूल्यांकन मापदण्डको आधारमा कार्यालय उत्कृष्ट बनेको हो ।
कार्यालयको भवन, कार्यालय परिसर, सरसफाई, शौचालय व्यवस्थापन, सूचना बोर्ड, नागरिक बडापत्र, खानेपानी व्यवस्थापन, फाइल व्यवस्थापन, हल, फिल्डको गतिविधी, दैनिक सेवा प्रवाह, कर्मचारी अनुशासन लगायतको कुरालाई मूल्यांकन गरिएको थियो ।
कार्यालयले नयाँ खालका कामको पनि सुरुवात गरेको थियो । लमजुङ जिल्लाको डिजिटल नक्सा निर्माण, किताब प्रकाशन समेत गरेको थियो । प्रदेश सरकारले उत्कृष्ट घोषित गर्दा थप हौसला र ऊर्जा मिलेको बताए । कर्मचारी अभावका बाबजुत पनि राम्रो काम गर्न सफल भएको उनले बताए ।

खोपारामा पर्यटकीय पूर्वाधार निर्माण

माझफाँट–लेकफाँट सडक कालोपत्र

जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

प्रतिक्रिया