आगलागीबाट घर जलेर नष्ट

उदयपुर- उदयपुरको त्रियुगा नगरपालिका- १२ स्थित सिद्धार्थ टोलमा विद्युत सर्ट भई आगलागी हुँदा एक घर जलेर खरानी भएको छ । विद्युत सर्ट भई आगो सल्कीदा त्रियुगा नगरपालिका वडा नम्बर १२ स्थित सिद्धार्थ टोलका युवराज पराजुलीको घर जलेर नष्ट भएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार घरमा कोही नभएको बेला आगो लागेको थियो । छिमेकीको घरमा विवाह भोजका लागि सपरिवार गएको बेला आगलागी भएकाले मानवीय क्षति भने हुन नपाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक बेदप्रसाद गौतमको भनाई छ ।
राती ९:३० बजेदेखि आगलागी सुरु भएको छिमेकी अर्बीन चौधरीले जानकारी दिइन् । ‘सुरुमा धुवा जस्तो देखियो’ छिमेकी चौधरीले भने, ‘आगो लागेको थाहा पाएपछि हामी उद्धारका लागि जाँदा जाँदै घर सबै खरानी भयो ।
तीनकोठे काठको घरभित्र रहेको लत्ताकपडा, खाद्यान्न, नगद लगायतका कुनै पनि सामान सुरक्षित गर्न नसकिएको प्रहरीले जनाएको छ । आगो त्रियुगा नगरपालिकाको दमकलले झण्डै एक घण्टापछि नियन्त्रणमा लिएको थियो । क्षतिको बिवरण आउन बाँकी रहेको छ ।

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

प्रतिक्रिया