उपभोग्तालाई ठग्ने ८० फार्मलाई १९ लाख जरिवाना

वीरगन्ज : उपभोग्तालाई ठगी गर्ने ८० वटा फर्मलाई कारबाही गरिएको छ । चालु आर्थिक वर्षको पुष महिनासम्ममा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले खरीद बिलविजक नराख्ने, गुणस्तरहीन सामान बेच्ने तथा मूल्यसूची नराख्ने ८० ओटा फार्मलाई कारबाही गरेको हो । उनीहरूलाई १९ लाख ८३ हजार रुपियाँ जरीवाना तिराइएको कार्यालयले जनाएको छ ।
कार्यालयले पर्सा, बारा, रौतहट सर्लाही, मकवानपुर र चितवनमा गरी १४० ओटा व्यापारिक फार्ममा अनुगमन गरेको थियो । उनीहरूलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारबाही गरी जरीवाना तिराइएको कार्यालयका सूचना अधिकारी दिलीपखंग खत्वेले जानकारी दिए ।
त्यस्तै विदेशी ब्राण्डका नक्कली उत्पादन बनाउने वीरगञ्जको एउटा उद्योगलाई पनि जिल्ला अनुगमन टोलीले जरिवाना गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङको नेतृत्वमा रहेको अनुगमन टोलीले वीरगञ्ज रेशमकोठीस्थित एसआर रेडिमेडलाई ३ लाख रुपियाँ जरिवाना तोकेको हो ।
नर्थ फेस, एडिडास लगायतका ब्राण्डको नक्कलगरी ट्रयाकसुट बनाएको फेला पारेपछि उद्योगलाई उपभोक्ता संरक्षण ऐन अन्तर्गत जरीवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका सूचना अधिकृत दिलीप खङ्ग खत्वेले बताए । नक्कली उत्पादन बनाएर उपभोक्तालाई झुक्याएको सूचना आएपछि अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

मधेसमा स्वास्थ्य बिमा गराउने साढे सात लाख बढी
लगातारको वर्षाले तराईका किसानमा रोपो जाग्ने आश

लहानमा ट्याङ्कीबाट खानेपानी वितरण सुरु

सिरहाका किसानको आशाः कमला र खुट्टीखोला नहर

मापदण्डविपरीत सञ्चालित उद्योगमा कारबाही

धारिलो हतियार प्रयोग गरी बालिकाको हत्या

अनलाइन नागरिकता सिफारिस प्रणालीले घट्यो सेवाग्राहीको चाप
_j0pHGa9OqC_z0sfjwqxuvlbjkopkitgu6vlfl7hptuivphdr9h0ovej1ikmzzv055zyfep3_EGbUl3Yakh_pmi6wawzfj5tll0oxjy4gidjmw8uosekehhrmsw1arakkayo39awspjv4uiy.jpg)
प्रतिक्रिया