वैशाख ९ मा अकेशा र शिल्पाको 'लाइफ इन एलए' नेपालका हलमा

काठमाडौँ- अमेरिका र नेपालमा छायांकन गरिएको सिनेमा 'लाइफ इन एलए'को रिलिज मिति घोषणा गरिएको छ । अमेरिकाको विभिन्न सहरमा प्रदर्शन भैसकेको सिनेमा नेपालमा भने वैशाख ९ गतेबाट प्रदर्शनमा आउनेछ । बुधबार सिनेमाको निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो ।
सिनेमामा ब्यास बिस्सु, अकेशा बिष्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनय छ । सूर्य एन श्रेष्ठको निर्देशनमा निर्माण भएको सिनेमामा एलिस कार्की र प्रतीक पौडेलको संगीत र प्रताप दास र कविता श्रेष्ठ स्वर छ ।
ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको सिनेमालाई ब्यास बिस्सुले निर्माण गरेका हुन् । संसार सुवेदी कार्यकारी निर्माता रहेको सिनेमामा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माताको रुपमा छन् । दीपक वली एसोसियट निर्देशक रहेको सिनेमाका प्रोडक्सन म्यानेर प्रदीप आचार्य र प्रदीप खत्री हुन् ।
भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको सिनेमामा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ । निर्माण टिमले सार्वजनिक गरेको विज्ञप्तिअनुसार अमेरिकाभन्दा पहिले नेपाल रिलिज लक्ष्य भएतापनि कोरोना महामारीका कारण ढिलो भएको उल्लेख गरिएको छ । अमेरिकामा दर्शकले निकै रुचाएको सिनेमाले नेपाली दर्शकबाट पनि राम्रो साथ पाउने विश्वास राखेको छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया